काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिमको १२.६११ प्रतिशत बोनस सेर र उत्त सेयरमा लाग्ने कर प्रयोजनसहित ३.३८९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । । हाल नेपाल इन्भेष्टमेन्ट बैंकले ८८ वटा शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।