×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावर कम्पनीले पुस २८ गते डाक्यो चौधौँ वार्षिक साधारणसभा, यी हुन् पेस हुने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

न्यादी हाइड्रोपावर कम्पनीले पुस २८ गते डाक्यो चौधौँ वार्षिक साधारणसभा, यी हुन् पेस हुने प्रस्तावहरु

Artha Sarokar

२६ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । कम्पनीको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी सभामार्फत पारित गर्ने गरिने कम्पनीले जनाएको छ ।
यस्तै लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, निमावलीको नियम ८ (२) र ८ (३) संशोधन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ ।
कम्पनीले सभाका लागि पुस ११ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी