काठमाडौं । लुम्बिनी विकास बैंकको १३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । सोही भाउलाई आधार मानेर आज सोमबार बैंकको सेयर कारोबार खुलेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसाका आधारमा भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १३५%बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्दैछ ।