×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संकटको बेला पनि बैंकहरुले नाफामा मात्रै ध्यान दिए’ : अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘संकटको बेला पनि बैंकहरुले नाफामा मात्रै ध्यान दिए’ : अर्थमन्त्री

Artha Sarokar

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाउनु भएको छ । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले कोरोना महामारी जस्तो संकटमा समेत बैंकहरु बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताउनु भएको हो । मन्त्री शर्माले संकटको समयमा पनि बढी नै नाफा कमाउनु पर्छ भन्ने मानसिकता राख्न नहुने बताउनुभयो । बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपायहरु पनि अपनाउन जरुरी रहेको बताउनुभयो । उहाँले बैंकहरुले संकटको समयमा पनि उद्योगी व्यवसायीहरुलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पु¥याउन राम्रो नभएको गुनासो गर्नुभयो । नेपालमा संकटको अवस्थामा पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति मूख्य समस्या रहेको त्यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री शर्माले को उद्योगी को व्यवसायी र को बैंर्कर छुट्याउन गाँह्रो भएको टिप्पणी बताउनु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘बैंकहरुले जनताले राखिदिएको निक्षेपमा मात्रै भरपर्ने पर्ने हो की ? बैंकहरुले अन्य उपायहरु पनि अपनाउने हो । बैंकहरुलाई बढी कर लगाउने तथा कर कम गर्ने विषयमा सबै मिलेर छलफल गर्नुपर्छ । तर,पछिल्लो समय कोरोना महामारीको समयमा समेत बैंकहरु बढी नै नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । संकट संकट हो । यस्तो समयमा बैंकहरुले मुनाफा मात्रै कमाउन खोज्नु हुँदैन । संकटमा बैंकहरुले उद्योग व्यवसायलाई पनि बचाउनुपर्छ । संकटमा एकले अर्को संस्थालाई बचाउने भावना राख्नुपर्छ । तर यस्तो देखिएको छैन । बैंकहरु पनि यतातिर गएको देखिदैन । अहिले उद्योगीहरु बैंकको ब्याजले गर्दा बर्बाद भयौं भन्ने गुनासो आएको छ। बैंकहरुले हिजो ८ प्रतिशतको ब्याजदर ११ प्रतिशतसम्म पु¥याएका छन । यस्तो गर्नु राम्रो होइन । सरकारले पनि यस्तो बेलामा उद्यागी व्यवासायीहरुबाट असुली गर्नुपर्छ भन्ने होइन । सरकारल छुट तथा सहुलियत दिनुपर्छ । मुख्य समस्या भनेको संकटको बेला पनि नाफा लिनुपर्छ भन्ने प्रवृति हो । अहिले को ऋणी र को बैर्कर भन्ने छुट्याउन नसकिएको छैन । अहिले आफैले आफैलाई ब्याज तिर्नु भएको छ। संस्थाको प्रतिवेदनमा छ की छैन नभए राख्नु हो । यहाँ मिसमास भएको छ ।व्यवसायी तथा बैंकका अध्यक्ष सबै मिसमास हुँदा समस्या गोलमाल भएको छ ।’
अर्थमन्त्री शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभयो । उहाँले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताउनु भयो । लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरी पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताउनुभयो । उहाँले अब लकडाउन नभएर उचित रुपमा सुरक्षाका उपायहरु अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो,‘अहिले कोरोना संक्रमण विस्तारै बढेदै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्। यो चिन्ता भनेको फेरी लकडाउन हुने हो भन्ने हो । तर, हाम्रो बीचमा चुनौतीहरु धेरै छन्। अहिले पनि कोरोनाको कारण लकडाउन हुने आशंका भइरहेका छन्। अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन । त्यसलाई हामीले कसरी सुरक्षित हुने उपायहरु खोज्न जरुरी छ। कोरोनाको कारण दुई वर्ष थलिएको अर्थतन्त्र चलायमान हुने लागेको अवस्थामा छ। यस विषयमा सरकार लकडाउन होइन सुरक्षित गर्ने उपायमा केन्द्रित हुन्छ।’
त्यस्तै अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा धेरै चुनौतीहरु रहेको तर संकट भने नरहेको बताउनुभयो । मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताउनुभयो । उहाँले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने बताउनुभयो । तरलता समस्या समाधान गर्नको लागि सरकारले काम गरिरहेको समेत बताउनुभयो ।
अर्थमन्त्री शर्मालेभन्नुभयो,‘ अहिले अर्थतन्त्रमा केही दबाब रहेको छ। तर बाहिर हल्ला भएजस्तो अर्थतन्त्र खराब भएको छैन । तरलताको समस्या रहेको छ। तरलता समस्या समाधानको लागि क्रमशः व्यवस्थापन भइरहेको छ। विगतको भन्दा अहिले केही सहज हुँदै गएको छ । अहिले त्यस्तो समस्या छैन । अब माघ महिनाभित्र तरलताको संकट समाप्त हुन्छ। तरलता संकट समाधानको लागि सरकारले आवश्यक कदम चालिरहेको छ। अहिले विदशी मुद्रा घटेको स्वाभाविक हो। अहिले उद्योगमा लगानी भएकाले बढाउँदा र नयाँ उद्योगमा लगानी गर्ने बढेकाले कर्जा प्रवाह अत्याधिक भएकाले पनि तरलताको समस्या आएको हो । त्यस्तै आयातमा अत्याधिक वृद्धि भएकाले पनि तरलतामा असर परेको हो। कोरोना महामारीका कारण २ वर्षसम्म काम नहुँदा अहिले एकैपटक धेरै क्षेत्रमा लगानी बढेको र आयात पनि उसैगरी बढ्दा तरलतामा दबाब सिर्जना भएको हो। डलरको मूल्य बढेको तथा, तेल र फलामको मूल्य बढ्दा विदेशी मुद्राको संचितिमा दबाब परेको छ । अर्थतन्त्रमा निजि क्षेत्रको योगदान ७२ प्रतिशत रहेको र त्यसमा बैंक तथा वित्तीय क्षेत्रको योगदान २० देखि २२ प्रतिशत रहेकोले बैंकिंग र निजि क्षेत्रबाट उत्पादनमा जोड हुनु पर्छ । ’
त्यस्तै अर्थमन्त्री शर्माले बेमौसमी वर्षाका कारण ७ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका उत्पन्न भएको बताउनुभयो । उहाँले सरकारले लक्ष्य लिए अनुसार आर्थिक वृद्धि गर्ने कुरामा लागि रहेको बताउनुभयो । उहाँ चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको स्वीकार गर्नु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘यो वर्ष पुँजीगत खर्च कम भएको सत्य हो । चालु खर्च ३९ प्रतिशत भएको छ भने ९ प्रतिशत मात्रै भएको छ । वित्तीय क्षेत्रमा २५ प्रतिशत रहेको छ । त्यसमा अन्य मन्त्रालयहरुले खर्च नगरिदिँदा, कमजोर र धीमा कर्मचारीतन्त्रका कारण समस्या परिरहेको छ । यसमा अर्थमन्त्रालयको निकै जोडबल रहेको छ । पुँजीगत खर्च बढ्ने भन्दै त्यसको चिन्ता लिनु पर्ने अवस्था छैन । अहिले चालु खर्च ३८ प्रतिशत र पुँजीगत खर्च ९ प्रतिशत खर्च भएको छ । यो प्रतिशत अझै बढ्दै जान्छ । संरचनागत समस्याका कारण खर्च गर्न सहज भएको छैन ।’
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताउनुभयो । उहाँले अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताउनुभयो । गौल्छाले उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी बढाउनु नसक्नु कस्ट अफ डुइङको भएको बताउनुभयो ।
अध्यक्ष गोल्छाले भन्नुभयो,‘ सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको हो । अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु पनि हो । नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, वैदेशिक ऋण नआएको तथा राष्ट्र बैकले कन्जरभेटिभ अप्रोज ल्याएकाले पनि समस्या भएको छ। राष्ट्र बैकले अहिलेको अवस्थाको पूर्वानुमान गर्न समेत नसकेको छैन । रेमिट्यान्स बैंकिङ प्रणालीमा नआउँदा समेत तरलतामा चाप परेको हो। उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी नबढाएको र त्यसकारण कस्ट अफ डुइङको कारण पनि रहेको छ । लागत बढ्दा लगानी नबढेको छैन । अहिले अर्थतन्त्र ओभरहिट भएको समयमा कर्जालाई प्राथमिकतामा राख्न सकिएको छैन । तरलता अभाव कम नभए अर्थतन्त्र स्लो डाउन हुने र ४ प्रतिशतको आर्थिक वृद्धि पनि हुनु सक्दैन । बैंकले दीर्घकालीन रुपमै लगानी गर्न नसक्ने, राजश्वमा असर परेको राज्य सञ्चालनमा पनि असर पर्ने हुन्छ।’
अध्यक्ष गोल्छाले तरलता राज्यको समस्या भएको भन्दै योसमाधान नभए राज्य नै असफल हुने बताउनुभयो । सरकारले तरलता समस्याको समाधान नगरे केही महिनामा औषधि समेत किन्न नसक्ने अवस्था आउन सक्ने बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी