×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले ५ हजार कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।
यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: