×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स लिमिटेडको सामाजिक कार्य : समता स्कुललाई ५ लाखको चेक हस्तान्तरण

PRIME CA

नेको इन्स्योरेन्स लिमिटेडको सामाजिक कार्य : समता स्कुललाई ५ लाखको चेक हस्तान्तरण

अर्थ सरोकार

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई ५ लाखको चेक हस्तान्तरण गरेको छ । नेकोले समाज प्रतिको उत्तरदायित्व महसुस गर्दै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
समता स्कुलले देशका ७७ वटै जिल्लामा मासिक एक सय रुपैयाँमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ । सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशकले नेको इन्स्योरेन्सले आर्थिक अवस्था कमजोर भएकालाई शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: