×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय संस्थामा पर्यो अर्थको खडेरी, बचतकर्तालाई ब्याजको प्रलोभनमा पार्दै पैसा उठाउँदै !

GLOBAL IME BANK
SHREE KESH

वित्तीय संस्थामा पर्यो अर्थको खडेरी, बचतकर्तालाई ब्याजको प्रलोभनमा पार्दै पैसा उठाउँदै !

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय वित्तिय संस्थामा अर्थको खडेरी पर्न थालेपछि बढी व्याजको प्रचारप्रसार गर्न थालिएको पाइन्छ । केही निजी बैंकले १३ प्रतिशत र सहकारीले १७ प्रतिशसम्म व्याज दिने भनेर बचतकर्तालाई प्रलोभन देखाइरहेका छन् । बढी व्याज देखाएर बैंक फाइनान्सले बचतकर्तालाई पैसा जम्मा गर्न लगाउछन् । अनि त्यही पैसा बैंकका सञ्चालक, अध्यक्ष वा कर्मचारीले मिटर व्याजमा लगाउछन् । बचतकर्ताहरु पनि बढी व्याजको लोभमा परेर आफुसंग भएको पैसा जम्मा गर्छन् । बुझ्दैनबुझी बचतकर्ताहरुले पैसा जम्मा गर्दछन् । तर, सस्थाले यो रकम कहाँ लगेर लगानी गर्दछ ? हामीलाई यत्रो व्याज कसरी दिन्छ ? भन्नेबारे बचतकर्तालाई केही जानकारी हुदैन् । मुद्धती खातामा पैसा राख्नेले पनि प्रत्येक ६ महिनामा व्याज पाउछन् । यता, बजारबाट दैनिक उठाएको पैसाको पनि सहकारीहरुले व्याज दिदैनन् । हामी आफैले लगेर राख्यौ भनेपनि उनीहरुले ८ देखि १० प्रतिशतभन्दा धेरै व्याज दिदैनन् । नयाँले यति व्याज पाएपनि पुरानाले जम्मा ५ देखि ६ प्रतिशत व्याज पाइरहेका छन् । न उनीहरुले बैंकफाइनेन्सबाट पैसा निकाल्न पाउछन् न व्याज नै बढाइन्छ ।
पछिल्लो समय वित्तिय संस्थाहरुले जम्मा भएको रकम पाँच वटा क्षेत्रमा लगानी गरेको देखिन्छ । बैंकले १६ प्रतिशत व्याजमा कर्जा लगानी गरेको देखिन्छ, सहकारीले २१ प्रतिशतसम्म लगानी गरेको पाइन्छ । यता, सहकारीले तीन प्रतिशत सेवाशुल्क र थप शेयर पनि खरिद गर्न बाध्य पार्छ । तर, सहकारी विभागले कर्जा लगानी गर्दा १६ दशमलव ५ प्रतिशतभन्दा बढी व्याज लिन पाइदैन् भनेर नियम बनाएको छ । पहिले १४ प्रतिशत मात्र व्याज लिन पाउने व्यवस्थाको दायरा फराकिलो बनाएर १६ प्रतिशत बनाएको हो । कानुनमा उल्लेख भएअनुसार सहकारीले कर्जा लिने मान्छेसंग १६ प्रतिशतभन्दा बढी व्याज लिन पाउदैन् । नयाँ कर्जावालले २१ व्याज तिर्नुपरेको छ । तर, पुरानै कर्जावाल समेत १८ प्रतिशतसम्म व्याज तिर्न बाध्य छन् । बैंकबाट कर्जा खाने मान्छेहरुलाई पनि व्याज बढाइएको छ । ९ प्रतिशतमा कर्जा पाएकाहरुको व्याज बढेर १४ मा पुगेको छ । तर, पुराना डिपोजिटकर्ताहरुलाई व्याज बढाइएको छैन् । यता, बैंक फाइनान्सले गरेको लगानी नै जाेिखमपुर्ण छ । बढी व्याज, शेयर र सेवाशुल्कका लागि बैंकफाइनेन्सले कमशल धितोमा पनि बढी कर्जा दिइएको छ । केही वर्ष अघिदेखि च्याउ उम्रेझै बैंकफाइनेन्स उम्रिएका छन् । एउटा घरमा पाँच वटासम्म वित्तिय संस्थाका बोर्ड छन् ।
पछिल्लो समय वित्तिय संस्थाले धेरै रकम लगानी गर्ने भनेको घरजग्गामा हो । तर, बैंक फाइनान्सले सोच्दै नसोची घरजग्गामा लगानी गरेको छ । सरकारी रेट एउटा भएपनि उसले यसमा विचार नगरी बजार भाउअनुसार लगानी गरिरहेका छ । सरकारले आनाको पाँच लाख निर्धारण गरेको ठाँउमा बैंक फाइनान्सले आनाको ३० लाखसम्म लगानी गरेका छन् । तर, सरकारले त्यसजग्गाको जम्मा पाँच लाखको दरले राजस्व लिन्छ । केही कारणबस सरकारले सो जग्गा लिलाम गप्यो भने पाँच लाखकै मुल्य निर्धाररण गरिन्छ । यता, बैंक फाइनान्सको लगानी त वालुवामा पानी मिसाएझै भइहाल्यो । जसको कारण बेंकफाइनेन्सको लगानी जोखिमपुर्ण छ । बैंक फाइनान्स डुब्यो भने जनताको पैसा चुर्लुम्मै हुन्छ । काठ्माडौंको न्युरोडमा एक आना जग्गाको सरकारी रेट ६६ लाख ५० हजार तोकिएको छ । जसले ६६ लाखभन्दा बढीमा जसले जग्गा किन्छ उसले गैरकानुनी काम गरिरहेको छ । जग्गा किन्ने मानिसले ६६ लाखको राजस्व तिरेर जग्गा पास गर्छ । तर, बाहिर त्यही जग्गाको किनबेच डेढदेख १० करोडमा हुन्छ । एकातिर राज्यले राजस्व पाउदैन्, जग्गा खरिदकर्ताले राजस्व छली गर्छ ।
डेढ करोडमा किनेको जग्गामा बैंक फाइनान्सको एक करोड रुपैंया लगानी हुन्छ । वित्तिय संस्थाले त्यही जग्गा धितो राखेर कर्जा एक करोड कर्जा प्रवाह गर्छ । १० करोडमा जग्गा किन्नेले पनि त्यही गर्छन् । ६ करोड बैंकले लगानी गर्छ चार करोड जग्गा खरिदकर्ताले । तर, भोलि सरकारले केहीगरी सो जग्गा कब्जा गप्यो भने जम्मा ६६ लाखकै मुल्य निर्धारण हुन्छ । कानुनको निर्णयलाई नमान्दा जनताको पैसा जोखिममा पर्छ कि पर्दैन् ? शेयर, निजी प्लेटको गाडीमा पनि उही नै छ । अटोशोरुमबाट गाडी किनेको एक सातामै गाडीको आधा मुल्यमा खरिद हुन्छ । कति बैंक फाइनान्सले बिनाधितो जमानीमा व्यापारीहरुर्ला कर्जा दिएका छन् । बैंक फाइनान्सले गलत ठाँउमा कर्जा लगानी गर्दा यो जुनसुकै बेलापनि डुब्नसक्ने अर्थविद्हरुको भनाइ छ । अहिले शेयर र घरजग्गाको मुल्य स्वाटै घटेको छ । यता, निजी प्लेटको गाडीहरुको किनबेच पनि ठप्प बनेको छ । तर, यो क्षेत्रमा बैंक फाइनान्सले ८० प्रतिशत कर्जा यही क्षेत्रमा लगानी गरेको छ । यी क्षेत्रमा किनबेच ठप्प बन्यो वा मुल्य बढेन, भ्यालिसेन भएन भने बैंक त डुब्छ । यता, उसको व्याज त बढ्दै जान्छ । यसले गर्दा बैंक फाइनान्स डुब्ने कि भाग्ने भन्ने स्थितिमा आइसकेका छन् । त्यसैले, बचतकर्ताले आफ्नो पैसा सुरक्षित छ कि छैन् यसबारे खोजतलास गर्ने बेला आइसकेको छ ।
हाम्रो संस्थाले यति नाफा कमायो भनेर उसले झुठा विज्ञापन गदैछ । आफ्नो खातामा भएको पाँच लाख रुपैंया निकाल्न गयो भने उसले दुईदिन लगाएर साटही गर्छ । कि त व्याजको प्रलोभन देखाएर त्यतिकै फर्काइदिन्छ । बजारमा आर्थिक मन्दी आइसकेको छ । व्याज बढाइदिन्छु भनेर सर्वसाधारणको पैसा थुत्न खोज्नुले उनीहरु धरासायी बनेको अर्थाउछ । अबपनि व्याजको लोभमा परेर बैंकफाइनेन्समा लगेर राख्दा जुनसुकै बेला पनि डुब्न सक्छ । व्याजको लोभमा साँवापनि बाँकी नरहने स्थिति बन्न धेरै बेर नलाग्ला । केही साताअघि पास भएको एमसीसीले पुरै बजार अन्योलतामा छ । कति राजनितिक दलहरु यसको विपक्षमा उभिएका छन् । राजनितिक दलहरुले बन्दहड्तालको घोषणा मात्र गरे भने बैंक फाइनान्सले भएको पैसा कहाँ लगेर लगानी गर्ने ? अब बैंक फाइनान्सलाई नयाँ लगानी गर्ने ठाँउको खोजी गर्न हम्मेहम्मे छ । मानिसहरुले अब कर्जा लिन छाड्छन् । पहिले कर्जा लिएकाले पनि ऋण तिर्न सक्दैनन् ।
अनि बैंक फाइनान्सले कति जनाको घरजग्गा लिलाम गर्ने ? कतिको सेयर लिलाम गर्ने ? कतिको गाडी ? लिलाम गरेर पनि खरिदकर्ता त हुनुपप्यो । लिलाम गरिएका सम्पत्तिहरु खरिद नभएको खण्डमा बचतकर्ता डुब्छन् । डिपोजिट राख्ने र कर्जावाल दुईवटै डुब्छन् । डिपोजिट कर्जा र कर्जावाल दुवै सडकछाप । आफु नाफा कमाउन र बढी तलबभत्ता खानको लागि बैंक फाइनान्सका सञ्चालक र कर्मचारीहरुले सीधासाधी जनतालाई ठगिरहेका छन् । डिपोजिटकर्तालाई सस्तो व्याज, कर्जावाललाई मँहगो व्याज । अझै पनि यिनीहरुलाई स्तन्त्र छोड्ने हो भने अर्थतन्त्र तहसनहस हुन्छ । मँहगीले पनि सीमा नाघ्छ । अहिले बजार मुल्य चर्किनुमा बैंक फाइनान्सको ठुलो हात छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले निजी बैंकहरुलाई घरजग्गा, शेयर र गाडीमा लगानी नगर्नुस् भन्दा पनि अटेर गरिरहेका छन् । सरकारको निर्णय लत्याएर उसले अहिले पनि यी क्षेत्रमा लगानी गरिरहेका छन् । यता, घरजग्गा दलालीहरुले बैंक फाइनान्सका अध्यक्षलाई घुस खान दिएर कर्जा प्रवाह गरिरहेका छन् । सरकारको निर्णय नमान्ने बैंक फाइनान्सलाई कानुनको दायरामा ल्याउनुपर्छ । सम्बन्धित निकायले खोजतलास गरेर अटेर गर्नेहरुको दर्ता खारेज गरिदिनुपर्छ । बैंकफाइनेन्सले कतिलाई सडकछाप बनाएका छन् । कतिपयलाई भाग्ने अवस्थामा पुप्याइदिएका छन् । बैंक फाइनान्सकै कारणले आत्महत्या गरेको घटना पनि थुप्रै छ । यिनीहरुलाई कारबाही कहिले ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: