बागलुङ। रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन्। खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन् ।म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका हुन् । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए। पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किए। मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउछन् । उनको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।
उनले यस वर्षमात्रै रु छ लाख सुन्तला बेचेरै भित्र्याएका थिए । सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ । स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजेका छन्। उनले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताए । “हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर रु १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु”, खत्रीले भने, “मेरो लगानी रु २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन ।”
खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताए। “महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई रु नौ हजार ५०० पर्छ, खाली घारलाई रु तीन हजार ५०० पर्छ । मह केजीको रु एक हजार ३०० पर्छ”, खत्रीले भने, “मैले आफैँ घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो ।” खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक रु २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आउनुभएको छ । मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उहाँको भनाइ छ । मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आएकी छिन् । श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिलबहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्छन् । सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन् । घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्