×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘फुटेज सबै मेट्न लाएँ, मैले के बिराएँ…? पैसा खाएँ, बजेट चलाएँ, मैले के बिराएँ…? (अर्थ-कविता)

फुटेज सबै मेट्न लाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

अर्थ मेरै, अनर्थ मेरै, अनर्थको अर्थ मेरै
झुट मेरै, लुट मेरै, लुटभित्रको छुट मेरै
भ्रष्टहरुको गीत गाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

करको दर फेरेँ, आफ्ना हरुको घर फेरें
घरभित्रको रहर फेरेँ, रहरभित्रको शहर फेरें
उसले लेख्या गीत गाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

पार्टी मेरै, साथी मेरै, भ्रष्टहरु माथि मेरै
सिए मेरै, पिए मेरै, पाए मेरै, दिए मेरै
काम गरेँ, बक्सिस पाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

व्यापारी भेटेँ, के छ सोधेँ, पैसा छ भन्यो, अस्ती राती
बोलाएँ भित्र, के भो बिचित्र, चलेखेल गरेँ राष्ट्रघाती
आफ्नाले कमाउन दिमाग घुमाएँ, मैले के बिराएँ
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

मार्क्सबाद पढेँ, लेनिनवाद पढेँ, पूँजीवाद पढ्ने रुल थिएन
गणतन्त्र पढें, लोकतन्त्र पढेँ, अर्थतन्त्र पढ्ने स्कुल थिएन
फाइदा हुने कानुन बनाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

सिए साप आको, लुकेर खाको, फुकेर लेखाको, लुकेर गाको
सुटुक्क भेटेको, लुसुक्क खाएको, चर्केर बोलेर, झर्केर आको
पैसावालजति सबैकहाँ धाएँ, मैले के बिराएँ ?
पैसा  खाएँ, बजेट चलाएँ, मैले के बिराएँ ?

(सिंहदरबारभित्र कामको सिलसिलामा जाँदा अर्थमन्त्रालय अगाडी बसेर लेखेको कविता)

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: