- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यसअघि गौरा पर्वको अवसरमा प्रदेश सरकार दिंदै आएको बिदा कटौति गरेको थियो ।
सुदूरपश्चिममा विशेष पर्वको रुपमा मनाइने ‘गौरा’मा सरकारले बिदा कटौति गरेर अपमान गरेको भन्दै समाजिक संजालमा चर्को विरोध हुन थालेपछि प्रदेश सरकारले निर्णय सच्याएको हो । प्रदेश सरकारले सुदूरपश्चिमेली पर्वका विषयमा अपरिपक्व निर्णय गरेको भन्दै विभिन्न संघ संस्थाहरुले विरोध गरेका थिए । चर्को विरोधपछि बिहिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘गौरा पर्व’को अवसरमा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो ।
यसैबीच कञ्चनपुरका नौवटै स्थानीय तहले सुदूरपश्चिमको महत्वपूर्ण गौरा पर्वको अवसरमा आज स्थानीय बिदा दिने निर्णय गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्