- भुमिदत्त तिवारी । अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । ‘आमा बचाउ’ अभियानका लागि धनगढी उपमहानगरपालिकाले एम्बुलेन्स वितरण गरेको छ । सोमबार अभियानको शुभारम्भ गर्दै उपमहानगरपालिकाले वडा नम्बर १८ लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख गोपाल हमालले अव आर्थिक अभावमा एम्बुलेन्स नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन् । ‘१९ वटै वडामा सबैभन्दा पहिला उहाँले मात्रै निःशुल्क एम्बुलेन्स सेवा दिने भनेर बचन दिनुभएको थियो’, वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाललाई ईंकित गर्दै मेयर हमालले भने, ‘जसले गर्छ उसलाई सपोर्ट गर्नु हाम्रो पनि कर्तव्य हो र त्यसको शुभारम्भ वडा नम्बर १८ बाट भएको छ ।’

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले आगामी दिनमा १९ वटै वडासँग समन्वय गर्दै आवश्यकताका आधारमा योजना तर्जुमा र कार्यान्वयनमा लागी पर्ने प्रतिवद्धता गरेका छन् । यता उपप्रमुख कन्दकला रानाले निःशुल्क एम्बुलेन्स सेवाले स्वास्थ्य संवेदनशिलताको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेकी छिन् ।
त्यस्तै, वडा नम्बर १८ का अध्यक्ष भूवन रिजालले एम्बुलेन्स ग्रहण गर्दै आफ्नो मुख्य चुनावी एजेण्डा पूरा भएको बताए । ‘विगतमा कयौँ परिवारका सदस्यले आर्थिक अभाव र समयमा एम्बुलेन्स सेवा नपाउँदा ज्यान गुमाउनुपरेको तथ्य देखेको छु’, अध्यक्ष रिजालले भने, ‘अव आर्थिक अभावकै कारण कसैले पनि ज्यान गुमाउनु पर्दैन । निःशुल्क एम्बुलेन्स सेवाको पहिलो प्राथामिकता सुत्केरी तथा गर्भवती महिला भएपनि यसले समग्र स्वास्थ्य संवेदनशिलतालाई सम्बोधन गर्छ ।’
योसँगै अव गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध हुनेछ । आगामी दिनमा नगरका अन्य वडाहरुमा पनि एम्बुलेन्स उपलब्ध गराउने नगरप्रमुख गोपाल हमालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्