×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

`बैंकमा पैसा थुप्रियो, तर, न बैंक ऋण दिने मनस्थितिमा छन्, न ऋणी लिने स्थितिमा…’, मुख्य कारण महँगो ब्याज !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

`बैंकमा पैसा थुप्रियो, तर, न बैंक ऋण दिने मनस्थितिमा छन्, न ऋणी लिने स्थितिमा…’, मुख्य कारण महँगो ब्याज !

सुदर्शन श्रेष्ठ

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । तरलता अभावको समस्याबाट बाहिर निस्केर बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । चुनावपछि बैंकहरुको लगानीयोग्य रकम मनग्य बढेको छ भने कर्जा लगानी क्षमता पनि बढेको छ । तर बैंकमा पैसा भएका बेला ऋण लिन आउनेहरु नहुँदा अहिले लगानीयोग्य रकम लगानी हुन सकेको छैन । ऋणको माग लगभग सून्य भएपछि बैंकमा नयाँ ऋण लिने-दिनेको चहलपहल पनि सून्यप्राय: बनेको छ । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८६ प्रतिशत हाराहारीमा आइसक्दा पनि बैंकहरु कर्जा लगानीको मुडमा छैनन् । अहिलेको कर्जा अनुपात हिसाव गर्दा अहिले बैंकहरु करिब २०० अर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा छन् ।
महँगो ब्याज मुख्य कारण
बैंकमा लगानीयोग्य रकम पर्याप्त हुँदा पनि ऋणको माग नहुनुको मुख्य कारण भनेको नै महँगो ब्याज हो । महँगो ब्याजकै कारण दशैंतिहारपछि ऋण लिन चाहानेहरु झन् घटेका छन् । त्यसमाथि मुद्दती निक्षेपमै राम्रो ब्याज पाइने भएपछि व्यापार व्यवसाय विस्तार भन्दा पनि भएको पैसासमेत मुद्दतीमा राख्ने क्रम बढ्दा ऋणको माग ह्वात्तै घटेको हो ।
पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री पनि महँगो ब्याजकै कारण अहिले ऋणको माग नभएको बताउँछन् । ‘यस्तो महँगो ब्याज भएका बेला के ऋण लिनु, बरु भएको पैसा पनि फिक्स्ड डिपोजिटमा पैसा राख्छु भन्ने मनोविज्ञान बढ्दा व्यवसायीहरु ऋण लिन खोजिरहेका छैनन् । ऋण लिन खोज्नेहरुको यहि मनोविज्ञान व्यवसाय विस्तार रोकिएको छ, महँगो ब्याजले व्यवसाय नपोसाउने देखेपछि अधिकांस मानिसहरु ब्याज घटाईको पर्खाईमा छन्।’ कुँवरले अर्थ सरोकारसँग भने- ‘पुष सकिएपछि यो अवस्था परिवर्तन होला । तत्काल यहि ब्याजमा, यहि अवस्थामा ऋणीहरुले ऋण लिन्छन् भन्ने मलाई लाग्दैन ।’
यता बैंकरहरुको तर्क पनि यस्तो महँगो ब्याज ऋणीले कसरी तिर्छन् र ? भन्ने छ । ‘एक त माग नै छैन । माग भए पनि यति महँगो ब्याज कसले किन लिईरहेको छ भन्ने बुझ्न जरुरी छ । व्यवसायले धान्दैन भन्ने बुझ्दाबुझ्दै ऋण दिने कुरा पनि भएन । त्यसैले अहिले तत्काल कर्जा लगानीको स्थिति छैन ।’ एक बाणिज्य बैंकका सीइओ भन्छन्- ‘अव पुष पछि ब्याज घटेछ भने फरक कुरा, नत्र अहिले कर्जा दिन सक्ने स्थिति भए पनि दिने योजनामा बैंकहरु छैनन् ।’ उनका अनुसार नयाँ ऋण दिंदा कम्तीमा पनि १५ प्रतिशत ब्याज लिनुपर्छ । अव माघमा ब्याज घट्छ कि घट्दैन भन्ने एकिन अझै कसैलाई पनि छैन । साधारण मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशत भएको अवस्थामा यसको लागत नै १३ प्रतिशतभन्दा बढी हुन्छ । अनि १५ प्रतिशतमा ब्याज लिएर कसले के व्यवसाय गर्ने ? कसरी तिर्ने ? १५ प्रतिशतभन्दा बढी तत्काल नाफा आउने व्यवसाय के हुन्छ ? धेरै कुरा बुझ्न जरुरी छ ।’
व्यवसायी पनि नयाँ ऋणको मुडमा छैनन्
यसो त व्यवसायीहरु भएकै ऋण तिर्न सक्ने अवस्थामा पनि छैनन् । ८ प्रतिशत ब्याजमा लिएको ऋण १७ प्रतिशतसम्म पुगेपछि यतिबेला व्यवसायीहरु आत्तिएका छन् । ‘८ प्रतिशतमा लिएको ऋण १७ प्रतिशत पुगिसक्यो । नयाँ ऋण लिन सक्ने अवस्था नै व्यवसायीहरुसँग छैन । पूरानो ऋण तिर्नमै समस्या देखिएको छ ।’ ऋणी समर्थनका अभियानता दिपेन्द्र कंडेल भन्छन्- ‘बैंकले सकेसम्म ऋणीलिई च्याप्ने, दुख दिने मात्र गर्दा ऋण लिन मन नै लाग्न छोडेको छ धेरैलाई । बैंक व्यवसायको सहयात्री हुनुपर्नेमा व्यवसाय पीडक बनेको छ ।’ नेपाल राष्ट्र बैंकले ऋण वृद्धिको लक्ष्य १२.६ प्रतिशत राखेको थियो। तर चालु वर्षयता जम्मा ४६ अर्ब रुपैयाँले ऋण बढेको स्थितिमा राष्ट्र बैंकको लक्ष पूरा हुने स्थिति तत्कालका लागि देखिंदैन।
यद्यपी पुष मसान्त सकिएपछि स्थिति केहि फरक होला भन्ने अनुमान धेरै छ । यो माघमा ब्याज घट्ने सम्भावाना बढी छ । तर ब्याज घटे नै पनि कति घट्ला र ? भन्ने तर्क पनि छ । बैंक ऋण नदिने र ऋणी पनि लिन नखोज्ने कारण यतिबेला अर्थतन्त्र चलायमान नहुने स्थिति रहने चिन्ता सरोकारवालाहरुको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी