×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जर किङ चन्द्र ढकालको मर्जर यात्रा, ग्लोबल आईएमई बैंक ‘खत्रा’ ! बैंक अफ काठमाण्डुमा जात्रैजात्रा ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार

PRIME CA

मर्जर किङ चन्द्र ढकालको मर्जर यात्रा, ग्लोबल आईएमई बैंक ‘खत्रा’ ! बैंक अफ काठमाण्डुमा जात्रैजात्रा ! (भिडियो ब्रिफिङ)

काठमाडौँ । ग्लोबल आईएमई बैंक देशकै नम्बर १ बैंक बनेको छ । बैंक अफ काठमाण्डुसँग मर्जर गरेसँगै ग्लोबल आईएमई देशकै नम्बर १ बैंक बन्न सफल भएको हो । बैंक अफ काठमाण्डुसँगको मर्जरपछि बैंकको बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहक हुनेछन् । ग्लोबल आईएमईको यो बिशाल साम्राज्य पछाडीको इतिहास भने सम्झन लायकको छ ।
यस्तो छ इतिहास 
बिस २०६८ सालमा चन्द्र ढकालको लगानी ग्लोबल बैंक र आईएमई फाइनान्सियल इन्स्टिच्युसन नामको वित्तीय संस्था दुवैमा थियो । नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले क्रस होल्डिङमा कडाई गरे । अर्थात उही समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जाने नीतिलाई अगाडी सारे खतिवडाले। राष्ट्र बैंकले नै यस्तो नीति लिएपछि आइएमई फाइनान्सियल इन्स्टिच्युसन र ग्लोबल बैंकबीच मर्जरमा जान तयार भए ।
दुई संस्थाबीचको मर्जर प्रक्रिया अगाडी बढिरहेका बेला लर्डबुद्ध फाइनान्स पनि ग्लोबलमा गाभिन आयो । अर्थात ग्लोबलसँग आइएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स पनि गाभिन आए । त्यसपछि बैंकको नाम बन्यो ग्लोबल आईएमई बैंक । ग्लोबल आईएमई बैंकले २०६९ असार २५ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । संयोग नै मान्नुपर्छ १० बर्षपछि पुष २५ गते ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछि एकिकृत कारोबार सुरु गर्यो ।
तीन संस्थाबीचको मर्जरले ग्लोबल आईएमई बैंक हौसिएको थियो । यहि बेला अन्य बैंक तथा वित्तीय संस्था पनि सकेसम्म मर्जरमा जान खोजिरहेका थिए भने राष्ट्र बैंकले पनि उनीहरुलाई मर्जरमा जान प्रोत्साहन गरिरहेको थियो । र त २०६९ साल चैत्र महिनामा बैंकले सोसल डेभलपमेन्ट बैंक ग्लोबल र गुल्मी बिकास बैंकलाई आफुमा गाभ्यो । ग्लोबल आईएमई ठुलो बैंक बन्दै थियो । ग्लोबल आईएमईलाई पनि नयाँ संरचना खोलेर बिजनेश गर्न भन्दा भईरहेका बैंकहरुलाई गाभेर अगाडी बढ्न सहज थियो ।
बैंकको मर्जर यात्रा यतिमा रोकिएन । नेपाल राष्ट्र बैंकले आफ्नो समूहको लगानी नभएको बैंक तथा वित्तीय संस्थालाई पनि मर्ज गर्न मिल्ने नीति ल्याएपछि ग्लोबल आईएमई बैंकले कमर्श एण्ड ट्रष्ट बैंकलाई आफुमा गाभ्यो । सो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त बैंक थियो । त्यसपछि ग्लोबल आईएमईले प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई पनि आफुमा गाभ्यो ।
ग्लोबल आईएमई बैंकको मर्जर तथा प्राप्ति अझ अगाडी बढ्यो । रिलायबलपछि ग्लोबल आईएमईले हातवे फाइनान्सलाई आफुमा गाभ्यो । यति बेलासम्म बैंक मर्जर तथा प्राप्ति गरेका सबै बैंक र तिनका कर्मचारीलाई राम्रो एडजष्ट गर्ने बैंक बनिसकेको थियो ।
त्यसपछि २०७६ सालमा नेपाल राष्ट्र बैंकले अव ठुला बैंकहरुबीच नै मर्जर हुनुपर्छ भन्ने प्रोत्साहन नीति ल्यायो । राष्ट्र बैंकले यस्तो नीति ल्याएलगत्तै ग्लोबल आइएमई बैंकले जनता बैकसँग मर्जरको प्रस्ताव राख्यो र दुई बैंक यो प्रस्तावमा तयार भएपछि अन्तत: ग्लोबल आईएमई बैंक बिग मर्जरमा जानेसमेत पहिलो बैंक बन्यो ।
जनतासँगको मर्जरपछि ग्लोबल आईएमई बैंक झन्डै २० अर्बको चुक्ता  पूँजी भएको बैंक बन्यो ।
यो बीचमा ग्लोबलसँग गाभिएका वा मर्जरमा गएका बैंकहरुसँग नेपाल कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, ड्राइ डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि समाहित भईसकेका थिए ।
त्यसपछि पनि ग्लोबल आईएमई बैंकको मर्जर यात्रा सकिएन । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डुसँग पनि मर्जर प्रक्रिया अगाडी बढायो । र अन्तत: ग्लोबल आईएमई बैंकले २०७९ साल पुष २५ गते सोमबारका दिनबाट बैंक अफ काठमाण्डुसँगको मर्जर सफलतापछि एकिकृत कारोबार सुरु गर्यो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: