उनले आफ्नो बैंकले बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने दाबीसमेत गरे । ‘ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको छ । बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठुला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागि हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता थियो ।
हरेक लगानीमा स्थानीय र सर्वसाधारणको लगानी सुनिश्चितता सहित अगाडि बढ्नु नै आईएमईको सफलताको सुत्र भएको उनले बताए ।
देशकै सबैभन्दा ठुलो बैंक बन्न सफल ग्लोबल आईएमई बैंकले हालसम्म कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु आफुमा गाभिसकेको छ । जसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी छन् । बैंक अफ काठमाण्डुसँगको मर्जरपछि बैंकको बैंकको कूल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब र कूल कर्जा ३७९ अर्ब भन्दा बढी भएको छ । यसको अर्थ, ग्लोबल आईएमई बैंक अव देशकै सबैभन्दा ठुलो बैंक बनेको छ ।


