×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘चालु पूँजी सम्बन्धि निर्देशिका पूरानाको हकमा तत्काल लागु नगर्न राष्ट्र बैंक तयार, केहि समयमै औपचारिक निर्णय !’

काठमाडौं । चालु पूँजीसम्बन्धि निर्देशिका पूरानाको हकमा तत्काल लागु नगर्न नेपाल राष्ट्र बैंक तयार भएको छ । निर्देशिकाकालाई संसोधन वा स्थगन नै गर्नुपर्ने माग उठिरहेका बेला राष्ट्र बैंक पूरानाको हकमा लागु गर्ने समय धकेल्न सकारात्मक देखिएको हो । अर्कोतर्फ निर्देशिका भएका केहि ‘माइनर’ कुराहरुलाई परिवर्तन गर्नसमेत राष्ट्र बैंक तयार भएको छ ।
राष्ट्र बैंकका एक संचालकले राष्ट्र बैंक पुरानाको हकमा कार्यान्वयन मिति सार्न र केहि ‘माइनर’ परिवर्तन गर्न तयार भएको पुष्टी गरेका छन् । ‘राष्ट्र बैंकले निकै बढी सोचेर यो निर्देशिका ल्याएको हो । यसलाई स्थगन गर्ने स्थिति छैन । तर व्यवसायी र स्वयम् अर्थ मन्त्रालयको दबाबलाई पनि सम्बोधन गर्न केहि संसोधन गर्न आवश्यक देखियो । बैंकहरुका पनि सुझाव आएका छन् । सोहि अनुसार नयाँ र पूराना फाइललाई बर्गीकरण गर्ने वा के गर्ने भन्ने विषयमा थप छलफल जारी छ । यद्यपी नयाँ र पूरानाको हकमा कार्यान्वयन मिति सार्न हामी पनि सकारात्मक छौं । सोहि अनुसार केहि दिनमै औपचारिक निर्णय हुन्छ ।’ ती संचालकले अर्थ सरोकारसँग भने ।
अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि पौडेलले आन्दोलनरत पक्षलाई बोलाएर वार्ता गरेका थिए । सो वार्तामा गभर्नरलाईसमेत बोलाइएको थियो भने गभर्नरले पनि समस्या बुझेर व्यवसायीहरुको माग सकेको सम्बोधन गर्ने बताएका थिए । त्यसपछि व्यवसायी र गभर्नर भेटेर निर्देशिका पुरानाको हकमा तत्काल लागु नगर्ने र नयाँलाई लागु गर्नेगरी निर्देशिकामा परिमार्जन गर्ने मध्यमार्गी बाटो पहिल्याएका थिए । राष्ट्र बैंक त्यसमा सकारात्मक देखिएको छ ।
अर्थमन्त्रीसँगको भेटपछि गभर्नर महाप्रसाद अधिकारीले पनि व्यवसायीहरुलाई छुट्टाछुट्टै भेटेर यस विषयमा सुझाव लिएका छन् । राष्ट्र बैंक पछि हटेकोजस्तो पनि नदेखिने र व्यवसायीहरुको मागसमेत सम्बोधन हुनेगरी निष्कर्ष निकाल्न सो भेटमा कुरा भएको एक व्यवसायीले बताएका छन् ।
‘तत्कालका लागि यो निर्देशिका पालना गर्नुपर्दा व्यवहार मिलाउन गाह्रो भयो भन्ने हाम्रो तर्क राख्यौँ । राष्ट्र बैंकले नयाँको हकमा यो निर्देशिका लागु गर्दा राष्ट्र बैंकले पनि जितेजस्तो अनि पूरानाको हकमा तत्काल केहि समय दिएर लागू नगर्दा व्यवसायीले पनि जितेजस्तो हुनाले यसै गर्न हामीले आग्रह गर्यौँ । गभर्नरले यो मध्यमार्गीबाटो प्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ ।’
यो निर्देशिका तत्काल कार्यन्वयन भएमा ठुला व्यवसायीहरुलाई ठुलै समस्या पर्ने देखिएको छ । अधिकांस ठुला व्यवसायीहरुले बैंकको कर्जा दुरुपयोग गरेका छन् । यसकारण पनि उनीहरुलाई राष्ट्र बैंकको निर्देशिकाले अफ्ट्यारो पारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: