×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री बिष्णु पौडेलको कार्यकालको ‘सेयर बजार रिपोर्ट’ : ‘हुनुपर्ने खासै केहि भएन, नहुनुपर्ने दुर्घटनाबाट बजार जोगियो’

PRIME CA

पूर्वअर्थमन्त्री बिष्णु पौडेलको कार्यकालको ‘सेयर बजार रिपोर्ट’ : ‘हुनुपर्ने खासै केहि भएन, नहुनुपर्ने दुर्घटनाबाट बजार जोगियो’

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । अर्थ मन्त्रालयबाट बिष्णु पौडेल बिदा भएका छन् । सोमबार नै उनले प्रधानमन्त्री प्रचण्डसामु राजिनामा दिईसकेका छन् । सरकारमा आउने बित्तिकै पहिलो निर्णयबाटै सेयर बजारलाई सम्बोधन गर्ने प्रयास गरेका मन्त्री पौडेलले आशा गरिए अनुसार काम भने गर्न सकेनन् । कति काम उनले चाहेर पनि गर्न सकेनन् भने कति काम उनले गर्न न चाहेनन् । घट्दो क्रममा रहेको बजार उनी अर्थमा आउने बित्तिकै बढ्न त थाल्यो, तर यो बढाई दिगो बनेन ।
लामो समयको घटाईले विरक्तिएका नेपाली सेयर लगानीकर्ताहरु पनि अर्थमन्त्रीमा बिष्णु पौडेल आएपछि निकै उत्साहित थिए । यसअघिका दुई बुलको समयमा पौडेल नै अर्थमन्त्री भएकाले पनि बिष्णु पौडेल आएपछि लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुन्छ र सेयर बजार बढ्छ भन्ने धेरैको आंकलन थियो । धेरै सेयर लगानीकर्ताले दुस्मन देख्ने नेपाल राष्ट्र बैंकका गभर्नरसँग ट्युनिङ मिल्नु, क्याबिनेटको पहिलो बैठकले नै सेयर बजारलाई सम्बोधनको प्रयास गर्नु लगायतका कारणले पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग धेरैले आशा राखेका थिए ।
बिष्णु पौडेलले इन्ट्रीपछि सेयर बजारमा के के भयो ?
यसो त विष्णु पौडेल अर्थमन्त्री भएपछि सेयर बजारले लय पनि समात्यो । पौडेल अर्थमन्त्री हुँदा नेपालको सेयर बजार मापक नेप्से परिसूचक १९२४.०९ अंकमा थियो । उनी अर्थमन्त्री भएपछि नेप्से २२७७. बिन्दुसम्म पुग्यो । तर राजनीतिक खिचातानी बढ्न थालेपछि र रवि राजनीतिक अस्थिरताले बढावा पाउने देखिएपछि लगानीकर्ताहरु निराश हुन थाले । यहि बेला अर्थमन्त्रीको ट्युनिङ मिल्ने भनिएका गभर्नरले पनि सोचेजसो सहयोग गरेनन्, उल्टै अनेक खालका कसिलो नीति ल्याए । ४-१२ को सेयर कर्जा सीमालाई घोसित रुपमा परिमार्जन गरेनन्, लघुवित्तसम्बन्धि नीति झन् कडा बनाए । जसका कारण सेयर बजार बढ्न सकेन ।
अर्थमन्त्रीबाट पौडेल बाहिरिएको दिन सोमबार नेप्से परिसूचक २०२३.५४ अंकमा रोकिएको थियो । १८६६. अंकसम्म घटेर नेप्से उकालो त लाग्यो तर राजनीति नै अस्थिर बनेपछि सेयर बजारको क्लियर पिक्चर अझै पनि देखिएन । समग्रमा ६३ दिनको कार्यकाल, मच्चियो, मच्चियो, थच्चियो भनेजस्तै भयो सेयर लगानीकर्ताका लागि ।
हुन त अर्थमन्त्री भएपछि सेयर बजारलाई उधुमै राम्रो केहि गरेका थिएनन् अर्थमन्त्री पौडेलले । तर केहि खास राम्रो गर्न नसकेपनि उनले नराम्रो गरेका थिएनन् । सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गरेका थिएनन्, सेयर लगानीकर्ताको मनोविज्ञान नै कमजोर हुने अभिव्यक्ति दिएका थिएनन् । खास राम्रो गर्न नसकेपनि राम्रो गर्छु भन्ने आशा दिएकै थिए, नराम्रो नभनेर उनले सेयर बजारलाई नकारात्मक बनाउन भूमिका खेलेका थिएनन् । यति हुँदा पनि लगानीकर्ता उनीसँग सन्तुष्ट नै थिए ।
सानदार थियो बिगत, तर आशातित भएन यसपालीको कार्यकाल !
यसो त अर्थमन्त्रीको रुपमा बिष्णु पौडेलको यस अघिको सेयर बजार अनुभव सानदार थियो । उनी पहिलो पटक अर्थमन्त्री हुँदा नेप्से १८०० अंक पुगेर नयाँ इतिहास रचेको थियो । अर्थात त्यो बेलाको बुल बजारमा अर्थमन्त्री बिष्णु पौडेल नै थिए । पछि उनी फेरि अर्थमन्त्री भएका बेला बजारले ३२०० नजिकको अल टाइम हाई चुम्यो । जव जव बिष्णु पौडेलको काँधमा अर्थमन्त्रालय पुग्यो, तव तव बजार अल टाइम हाई पुगेको थियो । तर यसपालीको यो आशामा तुसारापात भयो । प्रचण्डले भूपू गर्लफ्रेन्डसँग पिरती लाएपछि एमाले सरकारबाट बाहिरियो ।
अर्थमन्त्री बिष्णु पौडेलले सेयर बजार सुधारका लागि केहि खास गर्न नसेको सत्य हो । ४-१२ को नीति घोसित रुपमै हटाउन सक्थे उनले, हटाउन लगाएनन्, सेयर बजारलाई गाह्रो हुनेगरी नीति नल्याउन गभर्नरलाई आदेश दिन सक्थे, दिएनन् । गभर्नर पनि आफ्नै त हुन् नि भनेर उनले यस विषयलाई हल्का लिए,जसका कारण उनले सोचेकोजस्तो परिणाम निकाल्न सकेनन् । तर उनले यसका लागि केहि पहल नै गरेनन् वा गरेका थिएनन् भन्नुचाहिं गलत हो । अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि गरिरहेको पहल आशा गर्न योग्य थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: