×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक बन्दको निर्देशन आउने ‘इन्साइडर’ पाएर सिलिकनका सीइओले सेयर बेचेको खुलासा, कर्मचारीलाई ऐतिहासिक बोनस

PRIME CA

बैंक बन्दको निर्देशन आउने ‘इन्साइडर’ पाएर सिलिकनका सीइओले सेयर बेचेको खुलासा, कर्मचारीलाई ऐतिहासिक बोनस

२८ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा हामी इन्साइडर ट्रेडिङ अर्थात भित्री कारोबार भयो र यो काम गैरकानुनी हो भन्ने सुन्ने गरेका छौं । तर हालसालै बन्द भएको अमेरिकाको १६औँ ठुलो बैंक सिलिकन भ्याली बैंकका सीइओ ग्रेग बेकरले पनि बैंक बन्द गर्ने निर्देशन आउन लागेको भित्री सूचना पाएर आफ्नो सेयर बेचेको खुलासा भएको हो । सीएनबिसीले जनाए अनुसार  युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसीले नियन्त्रण लिनुअगाडी बैंकका सीइओले सेयर बिक्री गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत र वित्त प्रमुखले बैंक बन्द हुनुभन्दा दुई हप्ता अगाडी मात्रै झन्डै ४१ लाख अमेरिकी डलर बराबरको सेयर बिक्री गरेको न्युवर्क पोष्टले जनाएको छ ।  बैंक बन्द भएको ११ दिन अघि सीइओले सिलिकन भ्याली बैंकको ३५ लाख डलर बराबरको १२ हजार ५०० कित्ता  सेयर र बित्त प्रमुख डेनियल बेकले ५ लाख ७५ हजार १८० डलर बराबरको सेयर बिक्री गरेका छन् । बैंक बन्द हुनु एक दिन अगाडी सो बैंकको सेयर ६० प्रतिशतले घटीसकेको थियो । सीइओले सेयर बेचेको घटनालाई गम्भीर रुपमा हेरिएको जनाइएको छ ।
कर्मचारीलाई ऐतिहासिक बोनस !
सेयर बिक्रीमात्र होइन, सीइओले आफ्ना कर्मचारीहरुलाई हालसम्मकै ऐतिहासिक बोनससमेत बाँडेको सीएनबिसीले जनाएको छ । बैंक बन्द हुनु अगावै सिलिकन भ्याली बैंकले प्रति कर्मचारी १२ हजार डलरदेखि एक लाख ४० हजार डलरसम्म बार्षिक बोनस वितरण गरेको छ । बैंक बन्द हुनु केहि घण्टा अगाडी मात्र संचालक समितिमा प्रस्ताव लगेर स्वीकृत गराई कर्मचारीलाई ऐतिहासिक बोनस खुवाइएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । यो बैंक कर्मचारीहरुलाई राम्रो तलव सुविधा र बोनस दिने बैंकका रुपमा अमेरिकामा प्रख्यात थियो । बैंकको तथ्यांकअनुसार डिसेम्बर २०२२ सम्म ८ हजार ५२८ कर्मचारी थिए ।
यता बन्द भएको सो बैंक ट्वीटरका मालिक एलन मस्कले किन्ने चाहाना देखाएका छन् । ट्वीटरमा एक व्यवसायीको ट्वीटको जवाफ दिंदै मस्कले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफु सो बैंक किन्न तयार भएको र सो बैंकलाई डिजिटल बैंक बनाउन आफु तयार रहेको दाबी गरेका छन् । सिलिकन भ्याली बैंकको नाममा २०९ अर्ब अमेरिकी डलरको सम्पति छ । सिलिकन भ्याली बैंक सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने अमेरिकाको दोस्रो ठुलो संस्था हो भने पहिलो बैंक हो । सन् २००८ को आर्थिक मन्दीमा वाशिंगटन म्युचुअल फण्ड बन्द भएको थियो।

युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसीका अनुसार सिलिकन भ्याली बैंकसँग २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पति, र १७५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको निक्षेप छ । बैंक बन्द भए पनि निक्षेपकर्ताको रकम भने फिर्ता हुने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: