काठमाडौं । सामान्यतया बैंकमा खाता खोल्नुको मुख्य कारण हो, ‘आफ्नो बचत सुरक्षित राख्नु ।’ त्यसबाहेक धेरैले ब्याज र ऋण लिनका लागि पनि बैंकमा खाता खोल्ने गर्छन् । तर, के बैंकमा खाता खोल्नुको कारण रकम जम्मा गर्न, ब्याज लिन र ऋणका लागि मात्रै हो त ? होइन, बैंकमा खाता खोल्नुका पनि छुट्टै र आ-आफ्नै कारण र फाइदा हुन्छन् ।
यसैबीच आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा र विभिन्न सुविधा प्रदान गर्दै आएको वाणिज्य बैंकहरुमध्येकै अब्बल एनआईसी एशिया बैंकमा पछिल्लो समय खाता खोल्नेहरुको संख्या बढेको छ । नेपालमा वाणिज्य बैंकहरुले सञ्चालन गरेका विभिन्न योजाहरुमध्ये पछिल्लो समय अत्याधिक रुचाइएको सर्वश्रेष्ठ बचत खाता योजना एनआईसी एशिया बैंककै प्रोडक्ट हो, जुन सबैचन्दा धेरै ग्राहकले प्रयोग गर्दै आएको योजनामध्ये एक रहेको बैंकको दाबी छ ।
एनआईसी एशिया बैंकको बैंकको यो मात्र होइन अन्य खातामा पनि त्यत्तिकै सुविधाहरु रहेका छन् । जसका कारण पछिल्लो समय ग्राहकको पहिलो रोजाईमा एनआईसी एशिया बैंक पर्ने गरेको छ । आखिर एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नुका फाइदाहरु के-के छन् त ?
१. एउटै खातामा ८४ लाखको बीमा सुविधा
‘बैंक पनि साथी पनि’ भन्ने नाराका साथ बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै साम्राज्य खडा गरेको एनआईसी एशिया बैंकले एउटै खातामा ८४ लाखसम्मको बीमा सुविधा प्रदान गर्दै अएको छ । सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्ने कुनै पनि सेवाग्राही बिरामी परेर उपचार गर्नु परेमा, अस्पताल भर्ना हुनु परेमा, ठूलो घातक रोग लागेमा वा कुनै दुर्घटनामा परेमा बैंकले ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ ।
बैंकले प्रदान गरेको यस बीमामध्ये दुर्घटनामा परि उपचार गर्न परेमा, अशक्त भएमा वा मृत्यु भएमा ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराइने छ । त्यस्तै, दीर्घ रोग लागेमा पनि ग्राहकहरूले उपचारको लागि ४० लाख रुपैयाँसम्मको बीमा पाउनेछन् ।
२. पाँच वर्षसम्म निःशुल्क सेवा
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खातामा ग्राहकले बैंकको विभिन्न सेवा र सुविधाहरू पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन् । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था बैंकले गरेको छ ।
३. एउटा खातामा ४ जनालाई बीमा सुविधा
ग्राहकले एउटा सर्वश्रेष्ठ एम्बेसडर खाता खोलिसकेपछि थप तीन जनाले यो बीमा सुविधा पाउनेछन्। उक्त ग्राहकले आफ्नै परिवारका तीन सदस्य वा आफ्ना तीन साथीहरुलाई यो बीमा सुविधा उपभोग गर्न पाउने गरी रिफर गर्न सक्छन् ।
४. सस्तो ब्याजमा ऋण लिन
ग्राहकमाझ लोकप्रिय बनेको एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले अन्य बैंकको तुलनामा सस्तोमा कर्जा प्रयोग गर्न पाउँछन् । सर्वश्रेष्ठ बचत खाता खोलेर कर्जा लिँदा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष छुट र सुविधा पाउनेछन् भने तीन महिनाको औसत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन समेत सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र हुनेछ ।
५. घरमै बसिबसी कारोबार गर्न
बैंकले बैंकिङ कारोबारलाई घरबाटै गर्न सकिनेगरी अटोमेसन गरिरहेको छ। ‘डिजिटल्ली फस्ट बैंक’को अवधारणालाई आत्मसात गर्दै बैंकले हरेक कारोबार ग्राहकको सुविधाअनुसार जहाँबाट पनि गर्न सक्ने बनाएको छ ।
६. स्विप-इन/स्विप-आउटको सुविधा
सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्दा पाइने अर्को महत्वपूर्ण सुविधा हो स्विप-इन/स्विप-आउट। स्विप-इन/स्विप-आउट भनेको बचत खातामा रहेको रकम फिक्स डिपोजिटमा स्वत परिवर्तन हुनु हो । यस खातामा न्यूनतम २ लाख रुपैयाँको ब्यालेन्स भएपछि त्यसभन्दा धेरै रकम डिपोजिट गरेमा त्यो रकम दश हजारका दरले फिक्स डिपोजिटमा जान्छ र त्यसबाट फिक्स डिपोजिट बराबरको ब्याज आउँछ ।
७. जेष्ठ नागरिक सुविधा
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाताका विभिन्न सेवाहरुमध्ये ज्येष्ठ नागरिक सुविधा पनि एक विशेष हो । यसमा बैंकले ५५ वर्षदेखि माथिका ग्राहकहरूलाई घरमै बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । ग्राहकले पैसा झिक्ने वा डिपोजिट गर्न घरमै बैंकका कर्मचारी पुग्छन् भने ति कर्मचारीले पैसा झिक्न वा डिपोजिट गर्न समेत सहयोग गर्नेछन् । यो सुविधा एक ग्राहकले महिनामा ५ पटकसम्म उपभोग गर्न सक्नेछन् ।
८. प्रिभिलेज बैंकिङ
हरेक ग्राहकले बैंकिङ सेवा उचित समयमै पाउनु अधिकार हो। बैंकले ग्राहकलाई तोकेको समयावधि भित्रै सेवा सुविधा उपलब्ध गराउने सत प्रतिशत सुनिश्चितता गरेको छ । बैंकले छिटोछरितो सेवा पाउने भनेर समय तोकिदिएको छ तर यदि बैंक आफैले तोकेको समय सीमाभित्र सेवा नदिएमा ग्राहकलाई क्षतिपूर्ति दिने घोषणा पनि बैंकले गरेको छ ।
९. थोरैदेखि धेरै कर्मचारी भएको कार्यालयका तलब खाता खोल्न
बैंकले सानादेखि ठूला कार्यालयहरूमा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन भनेर पेरोल बचत खाता ल्याएको छ । यो खाता ५० जनाभन्दा कमकर्मचारी भएका साना कार्यालयदेखि हजारौं कर्मचारी भएका ठूला कार्यालयले आफ्ना कर्मचारीको लागि खाता खोलिदिन सक्छन् । यो सुविधा उपलब्ध गराउन बैंकले चार प्रकारका बचत खाताहरू सञ्चालनमा ल्याएको छ। ५० भन्दा कम कर्मचारी भएको संस्थाले आफ्ना कर्मचारीको लागि जेनेरल खाता खोल्न सक्छन् ।
५० देखि ४४९ जना कर्मचारी भएका कार्यालयहरुले पार्टनर अफ एन आई सी एशिया तलब बचत खाता खोल्न सक्छन् भने ५०० देखि ४९९९ जना कर्मचारी भएको कार्यालयले आफ्ना कर्मचारीहरुको लागि द प्राइड अफ एन आई सी एशिया खाता खोल्न सक्छन् । ५००० भन्दा माथि कर्मचारीहरु भएको कम्पनीले गुडविल एम्बेसडर खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
१०. निःशुल्क आइपिओ भर्न
बैंकले आइपिओ भर्ने ग्राहकलाई निःशुल्क रूपमा यसको सुविधा दिइरहेको छ । बैंकको डिम्याट र मेरो सेयर खाता खोल्दा र यसको सेवा लिँदा कुनै पनि शुल्क लाग्दैन ।
११. ५० प्रतिशत छुटमा पोर्टफोलियो सुविधा
बैंकले आफ्नो सहायक कम्पनीमार्फत पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) मा ५० प्रतिशत छुट उपलब्ध गराएको छ । पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) भनेको बैंकमा खाता भएका कुनै पनि ग्राहकको पैसालाई उपयुक्त ठाउँहरु जस्तो कि सेयर बजार, म्युचुअल फण्ड, बन्ड, मुद्दती खातामा लगानी गरेर ग्राहकलाई थप आम्दानी प्रदान गर्ने सेवा हो ।
१२. निःशुल्क लकर सुविधा लिन
त्यस्तै, एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि निःशुल्क भल्टको समेत सुविधा दिएको छ । जसअन्तर्गत ग्राहकले बहुमूल्य सामान (सुन, गरगहना, हिरा, मोति जस्ता बहुमुल्य वस्तु तथा सर्टिफिकेट, मार्कसिट, लालपूर्जा) निःशुल्क राख्न पाउनेछन् । बैंकले लकर मार्जिनमा १०० प्रतिशत छुट दिएको छ । यो सुविधा ५ वर्षसम्मको लागि निःशुल्क उपलब्ध छ ।