काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डबाट लाइसेन्स प्राप्त संस्थाबाट आफ्नै कम्पनीको मूल्यांकन गराउँदै त्यसैका आधारमा विभिन्न बैंकबाट एक अर्ब ऋण लिएको आरोप लागेपछि खास भएको के हो भन्ने चौतर्फी चासो बढेको छ । तर बोर्ड अध्यक्ष हमालले भने आफ्नो कामबाट आत्तिएकाहरुले केहि मिडियालाई प्रयोग गरेर भ्रम छर्न खोजेको र त्यसमा कुनै पनि सत्यता नरहेको दाबी गरेका छन् । बोर्डका अध्यक्ष हमाल साझेदार रहेको ओमस्टोन एसिया क्यापिटल (नेपाल) प्रालिको रेटिङ गराएको र त्यसैको आधारमा ऋण लिएको आरोप लागेपछि उनले यस विषयमा बोलेका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै हमालले त्यस्ता आरोपमा कुनै पनि सत्यता नरहेको र आफु धितोपत्र बोर्डमा आउनु अगावै सो कम्पनीको रेटिङ्ग भएको बताएका छन् । ‘एक मेरो प्राइभेट कम्पनीको रेटिङमा धितोपत्र बोर्डको कुनै पनि संलग्नता हुँदैन । त्यसमाथि म बोर्ड आउनु अगावै सो रेटिङ गरिएको हो । त्यसैले यसमा मेरो तर्फबाट कहीं कतै गल्ती भएको छैन । विनाकारण मेरो चरित्रहत्या गर्ने काम भयो ।’ बोर्ड अध्यक्ष हमालले भने- ‘रेटिङका विषयमा बुझ्दै नबुझी चलाइएको हल्ला गलत छ ।’
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीलाई सेयर कारोबारमा अनावश्यक चलखेल गर्न नदिन आचारसंहिता र नियमावलीको व्यवस्था गरिएको, तर अहिले तिनै आचारसंहिता र नियमावलीको व्यवस्था देखाएर आफु बोर्ड अध्यक्ष हुनुअघिको कारोबारमा पनि विवाद निकाल्न थालिएको गुनासो हमालको छ ।

भएको के हो ?
हमालको साझेदारी रहेको कम्पनी ओमस्टोनले इक्राबाट रेटिङ गराएको छ । सम्झौताका लागि आवश्यक रेटिङ र कर्जा सम्झौता पनि भएको छ । ओमस्टोनले काभ्रेको धुलिखेलमा सञ्चालन गने पाँचतारे सुविधासम्पन्न रिसोर्टका लागि सानिमा बैंकको अगुवाइमा दुई बैंकले लगानी गर्ने सम्झौता भएको थियो । रिसोर्ट सञ्चालनका लागि सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकलगायतबाट वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको थियो । दुसितथानी हिमालयन रिसोर्ट एन्ड स्पा सञ्चालनका लागि अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँका लागि सो सम्झौता भएको हो । तर यो काम भने उनी बोर्ड अध्यक्ष हुनु अगावै भएको हमालको भनाई छ । गत फागुन २०७६ यो सम्झौता भएको थियो । त्यतिबेला उनी बोर्ड अध्यक्ष थिएनन् । हमाल फागुन २०७८मा बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।
नेपाल धितोपत्र कर्मचारी सेवा शर्त नियमावली र नेपाल धितोपत्र बोर्डका कर्मचारीको आचारसंहिता २०७३ अनुसार बोर्डका पदाधिकारी तथा कर्मचारीले कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नपाउने जनाइएको छ । बोर्डका कर्मचारीको आचारसंहिता २०७३ को दफा २ को खण्ड (क) बमोजिम कर्मचारीभित्र बोेर्डको कार्यकारी प्रमुख भई काम गर्ने अध्यक्ष समेत पर्ने उल्लेख छ । यहि व्यवस्थालाई देखाउंदै बोर्ड अध्यक्ष हुनु अगावै गरिएको कामलाई देखाएर आफूमाथि लाञ्छना लगाइएको उनको दाबी छ । पछिल्लो समय इक्रा नेपालले गरेको रेटिङ्गमा समेत बोर्डको कुनै पनि संग्लगनता नरहेको उनको दाबी छ ।
‘कुरै नबुझी म विरुद्ध भ्रम छरियो’ : हमाल
‘नेपालमा स्थापना हुने क्रेडिट रेटिङ्ग कम्पनीलाई लाईसेन्स नेपाल धितोपत्र बोर्डले दिने व्यवस्था भएतापनि ऋण प्राप्त गर्ने प्रयोजनको लागि प्राईभेट कम्पनीको रेटिङ्ग गर्न कार्य नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं २।०७९ को बुँदानं. ३४ मा “इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले रु.५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ ।” भन्ने व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग कम्पनीहरुले गर्ने गर्दछन् । सो क्रेडिट रेटिङ्ग प्रकिया ऋणको रकमको आधारमा क्रेडिट रेटिङ्ग कम्पनीहरुले स्वतन्त्र रुपलेगर्ने गर्छन र उक्त प्रक्रियाको सम्बन्धमा बोर्डबाट कुनै निर्देशन जारी भएको छैन ।’ उनले यस विषयमा थप प्रष्ट पार्दै पठाएको प्रष्टीकरण पत्रमा भनिएको छ- ‘ क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियमको नियम ४ (१) मा विदेशमा स्थापित क्रेडिट रेटिङ्ग व्यवसाय गरिरहेका संस्था वा सहायक कम्पनी मार्फत क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा एकाउन्न प्रतिशत र बढीमा पचहत्तर प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानुन बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसायीको रुपमा काम गर्न सक्ने भन्ने व्यवस्था रहेकोमा नेपालमा स्थापना भएका सबैक्रेडिट रेटिङ्ग कम्पनीहरु विदेशी कम्पनीकोसहायक कम्पनी भएको हुनाले उक्त कम्पनीहरुले व्यवसायीक रुपमा गर्ने निर्णयमा विदेशी कम्पनीको प्रतिनिधीको मुख्य भुमिका हुने गर्दछ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियमको नियम २१ (१)मा प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले ग्राहकले स्वीकार गरेको रेटिङ्ग कम्तीमा तीन बर्षसम्म निरन्तर अनुगमन गर्नु पर्ने व्यवस्था रहेकोले क्रेडिट रेटिङ्ग संस्थाले तीन बर्ष सम्म स्वतः विगतमा आफुले गरेको कम्पनी रेटिङ्गको पूर्नमूल्याङ्कन आफैंले गर्ने गर्दछन् ।

नेपाल राष्ट्रबैंककोएकीकृत निर्देशन नं २।०७९ को बुँदा नं. ३४ बमोजिम ऋण प्राप्त गर्ने प्रयोजनको लागि गरिने ऋणी संस्थाको क्रेडिट रेटिङ्ग केवल नियमको पालना गर्नकोलागि गरिने र उक्त मूल्याङ्कन अनुरुप प्राप्त हुने ग्रेडडले ऋण प्राप्तीको क्रममा कुनै तात्विक असर नपर्ने हमालको दाबी छ । अन्तराष्ट्रिय रुपमा क्रेडिट रेटिङ्ग गरेवापत प्राप्त ग्रड राम्रो भएमा ऋणी संस्थाले कम व्याज दर, कम धितो राख्ने, पेनाल्टी नलाग्ने, सर्विस फि मा छुट आदि जस्ता सुविधा प्राप्त भई ऋण लिन कार्य सहज हुनेव्यवस्था रहेकोमा हाल नेपालमा सोसम्बन्धी कुनै व्यवस्था नरहेकोले ऋणी संस्थाले प्राप्त गर्ने क्रेडिट रेटिङ्गको कुनै ठोस औचित्य नदेखिने उनको भनाई छ ।
अध्यक्ष हमालले आफ्नो कामबाट आत्तिएकाहरुले आफुविरुद्ध भ्रम छरेको दाबीसमेत गरेका छन् । ‘मैले गरेको आँटीला काम धेरैलाई चित्त बुझेको छैन । यहि कारण मविरुद्ध बेला बेला भ्रम छर्ने काम भईरहेको छ । यसबाट म कति पनि बिचलित हुने छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष हमालले भने -‘आज पनि भित्री कारोबारमा गलत गर्नेलाई कारवाही गरिएको छ । म कसैसँग डराउनेवाला छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्