काठमाडौं । भारत र नेपालले भारत सरकारको सहयोगमा दुई उच्च प्रभावका सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालस्थित भारतीय दूतावासले ट्वीटरमा भन्यो, ‘#IndiaNepal: #Development मा साझेदारहरू आज @IndiainNepa र @mofaganepal ले #Nepal मा २ एचआईसीडीपीको लागि भारत सरकारको अनुदान अन्तर्गत, ३जभबतिजअबचभ ७ ३भमगअबतष्यल क्षेत्रहरूमा रामेछाप र डोटी जिल्लाहरूमा एमओयूमा हस्ताक्षर भएको छ ।’
भारतीय राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालको रामेछाप जिल्लाको मालागिरि शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माण गरी क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत सञ्चालन गरिने भारतीय दूतावासले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘माथिका आयोजनाहरूको निर्माणले स्थानीय समुदायका लागि राम्रो स्वास्थ्य सेवा र शिक्षाको सुविधा उपलब्ध गराउने र नेपालमा जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।
नेपाल र भारतबीच ठूलो मित्रता छ । भारत सधैं नेपालको साथमा छ । यसअघि पनि भारतीय राजदूतावास र सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेशन बीच महोत्तरी जिल्लामा ग्यास चुलो र सिलिन्डर वितरणका लागि भारतीय दूतावासको करिब रु ५ करोड (लगभग) अनुदान सहयोगमा सम्झौता भएको थियो ।
यो परियोजनाले नेपालको मधेस प्रदेशको महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झण्डै आठ हजार विपन्न र सीमान्तकृत परिवारलाई फाइदा पुग्ने विश्वास गरिएको छ । यो परियोजना भारत सरकारको प्रधानमन्त्री उज्ज्वला योजनाबाट प्रेरित छ, जुन ग्रामीण र विपन्न परिवारहरूलाई स्वच्छ खाना पकाउने ईन्धन उपलब्ध गराउने उद्देश्यका साथ एक प्रमुख योजना हो, जसले अन्यथा दाउरा, कोइला, गाई-जस्ता परम्परागत खाना पकाउने ईन्धनहरू प्रयोग गरिरहेका थिए ।
सन् २००३ देखि भारतले नेपालमा ५३५ वटा उच्च प्रभाव सामुदायिक विकास आयोजनाहरू लिएको छ र ४७८ वटा परियोजना पूरा गरेको छ। जसमध्ये महोत्तरी जिल्लाका ६ आयोजनासहित मदेश प्रदेशमा ८१ आयोजना छन् । यी बाहेक महोत्तरी जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीलाई भारत सरकारले २३ वटा एम्बुलेन्स उपहार दिएको छ ।