×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव पठाओमा पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने कानुन आउँदै, यस्ता हुनेछन् १३ कडा नियम !

PRIME CA
GLOBAL IME BANK

अव पठाओमा पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने कानुन आउँदै, यस्ता हुनेछन् १३ कडा नियम !

३२ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । के तपाईं पठाओ, इन्ड्राइभर वा यस्तै राइड सेयारिङ गर्ने राईडर हुनुहुन्छ ? यदी हुनुहुन्छ अव अव सरकारले तपाईंजस्तै राईडरहरुलाई केहि कडाई गर्ने भएको छ ।

सरकारले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने दुई पाङ्‍ग्रे सवारी सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको मस्यौदाअनुसार निर्देशिका जारी भएमा अहिले सञ्चालनमा रहेका र भविष्यमा सञ्चालनमा आउने सबै ‘राइड सेयरिङ सेवा’ सरकारको नियमनमा आउनेछन् भने राईडरहरुलाई थप कडाईसमेत हुनेछ । यो प्रस्तावित कानुन लागु भएमा अव मोटरसाइकल तथा स्कुटर पनि सार्वजनिक सवारीका रुपमा दर्ता हुनुपर्नेछ । अर्थात अव यदी तपाईं पठाओजस्ता राइड सेयरिंङ एप प्रयोग गर्न चाहानुहुन्छ भने तपाईंको स्कुटर वा बाइक सार्वजनिक सवारी हुनेछ । तपाईंले नम्बर प्लेटसमेत कालो बनाउनुपर्नेछ । यस्ता छन् प्रस्तावित नियम/कानुनः

नम्बर १ः तपाईंले अनिवार्य रुपमा दूरी मापक यन्त्र अड़ोमिटर जोड्नुपर्नेछ ।
नम्बर ३ः यात्रीका लागि हातले समात्ने ठाउँ अर्थात ह्याण्ड ग्रिप जोड्नुपर्नेछ ।
नम्बर ३ः एक पटकमा यात्रुले १५ किलोमिटरमात्र सेवा दिन पाउनेछन् ।
नम्बर ४ः राइडरले दिनमा १२ घण्टामात्र सेवा दिन पाउनेछन् ।
नम्बर ५ः राइडर हुन लाइसेन्स लिएको १ बर्ष पूरा हुनुपर्नेछ ।
नम्बर ६ः राइडरले सुरुमा २ दिन अभिमुखीकरण तालिम लिनुपर्नेछ ।
नम्बर ७ः अफलाइन राइड गरेको खण्डमा सो काम कसुरजन्य कार्य हुनेछ र त्यसमा सरकारले समेत जरिवाना लिनेछ ।
नम्बर ८ः सवारीचालक, यात्री, र तेश्रो पक्षको बीमासमेत अनिवार्य रुपमा हुनुपर्नेछ ।
नम्बर ९ः १० बर्ष ननाघेका बालबालिकालाई यस्तो सेवा दिन पाइने छैन । अर्थात तपाईंले आफ्नो बाइक वा स्कुटरमा बालबालिका बोक्न पाउनुहुनेछैन।
नम्बर १०ः पछाडी बस्ने यात्रुले पनि अनिवार्य रुपमा हेलमेट लगाउनुपर्नेछ ।
नम्बर ११ः कम्पनीले १५० प्रतिशतसम्म सर्ज चार्ज लिन पाउनेछ
नम्बर १२ः बाइकका लागि बाटो इजाजतपत्रसमेत लिनुपर्नेछ ।
नम्बर १३ः एप र सेवा संचालन गर्न अनिवार्य रुपमा इजाजत लिनुपर्नेछ । अर्थात तपाईंले अव यस्ता एप चलाएर राईडर हुनसमेत यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: