• संचालक समितिको बैठकबाट लाभांशको निर्णय हुँदैगर्दा संचालकमध्ये कसैलाई ट्वाईलेट लाग्छ अनि उसले ट्वाईलेटबाटै आफ्ना नजिककालाई निर्णयको बारेमा जानकारी गराइदिन्छ ।
• लगानिकर्ता नै मिडिया अनि मिडिया नै लगानिकर्ता भएको अवस्थामा कुनै संचालकले संचालक समितिको बैठक मोबाईलमार्फत् आफ्नो मिडियालाई प्रसारण गरिदिन्छ । फलत: मिडियाले आफुलाई अरुभन्दा एक कदम अगाडि देखाउन ‘ब्रेकिङ न्युज’ निकाल्छ ।
• संचालक समितिको बैठकबाट भएको निर्णय सम्बन्धित निकायसम्म पुर्याउने क्रममा जुन ‘ग्याप’ हुन्छ, त्यहाँबाट पनि सबैभन्दा धेरै सुचनाको चुहावट हुने गर्दछ । जस्तै निर्णय टाईप गर्ने , खामबन्दी गरेर सम्बन्धित निकायमा पुर्याउनेदेखि सम्बन्धित आधिकारिक निकाय जसले खाम खोलेर निर्णय सार्वजनिक गर्छ, उसले एक मिनेट मात्र ढिला गर्यो भने पनि ईन्साईडर ट्रेडिङ हुने गर्दछ ।
• संगठनमा पहुँचवाला ठुला लगानीकर्ताहरुले के निर्णय हुँदैछ पहिले नै थाहा पाईसकेका हुन्छन्, अनि आफ्नो अभिष्ट पूरा गरिसकेछि आफ्ना साथीभाईलाई भनेको कुरा एक कान दुईकान मैदान हुन्छ । यो क्रममा फस्ने भनेको ढिलो सुचना प्राप्त गर्ने नै हुन्छन् ।
• बजारमा कुनै संस्था तथा ब्यक्तिले ठुलो संख्यामा कुनै सेयर खरिद अथवा बिक्री गर्दैछ भने भने ब्रोकर मार्फत पनि इन्साईडर ट्रेडिङ हुने संभावना त्यत्तिकै रहन्छ । जस्तो बिक्रीको लागि आदेश आएको छ भने, पहिले आफु र आफ्ना नजिककालाई बिक्री गर्न लगाउँछन्, त्यस्तै खरिदको लागि आदेश आएको छ, भने पहिले आफु र आफ्ना नजिककालाई खरिद गरिदिने गर्दछन् ।
• ठूला लगानीकर्ता जो बजारलाई नै प्रभावित पार्ने खालका हुन्छन्, उनीहरुबाट पनि ईन्साईडर ट्रेडिङको खतरा त्यत्तिकै हुन्छ । उनीहरु पहिले कुनै सेयर सस्तोमा उठाउँछन्, अनि सो सेयरको बिज्ञापन गर्नतर्फ लाग्छन्, उनीहरुको पछि लाग्नेले पनि त्यो बिज्ञापनमा होस्टेमा हैंसे गर्दा बजार मूल्य अझै बढ्दै जान्छ, अनि त्यही बेला उनीहरु महँगोमा सेयर बिक्री गरेर बजारबाट निस्कन्छन्।
• बजार परिसूचक अब बढेर यति पुग्छ, घटेर यतिसम्म आउँछ भनेर अंक नै तोकेर भबिष्यबाणी गर्ने केहि बिश्लेषकहरुबाट पनि एक किसिमको खुलेआम ईन्साईडर ट्रेडिङ भईरहेको नै हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्