काठमाडौँ । जनताबाट आईपीओको पैसा उठाईसकेपछि सोनापुर मिनारल्स एण्ड आयल्स लिमिटेड कम्पनीले आफ्नो हालत खराब भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअघि आईपीओ निकाल्नकै लागि तथ्यांकमै छेडखानी गरेको कम्पनीले सेयर लगानीकर्ताबाट मोटो रकम असुलीसकेपछि घाटाको ‘रियल-पिक्चर’ देखाउन थालेको हो ।
यसअघि आईपीओ निकाल्न ३ बर्षसम्म कम्पनी फाइदामा गएको हुनुपर्ने नियमका कारण कम्पनीले तथ्यांकमै छेडखानी गरेर नाफाको विवरण सार्वजनिक गरेको थियो । ३ बर्षसम्म सिमेन्टको बिक्रीचाहिं घट्ने अनि नाफाचाहिं बढ्ने हास्यास्पद लजिकलाई छेडखानीयुक्त तथ्यांकले जित्न खोजेर कम्पनीले जनताको आँखामा छारो हालिरहेको थियो ।
नोक्सानीमै रहेको अवस्थामा प्रिमियममा आईपीओ जारी गर्न नपाइने व्यवस्थाका कारण कम्पनीले अघिल्ला विवरणलाई सन्तुलित देखाएर प्रिमियममा आईपीओ ल्याएको पुष्टि भएको छ ।
प्रिमियमा आईपीओ ल्याउनका लागि आर्थिक वर्ष २०७९/८० मा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा देखाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनी १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा गएको छ । अझ खास कुरा त के छ भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको कुल सेल्स ७० करोड छ, जवकि त्यसमा लाग्ने लागत नै ६१ करोड ५ लाख रुपैयाँ छ । सो लागतमा अन्य संचालन खर्च, प्रशासनिक खर्च लगायतका खर्च घटाएपछि कम्पनी करोडौँ नोक्सानमा गएको हो । यहि तथ्यांकलाई आधार मान्ने हो भने, कम्पनी यहि रफ्तार र मार्जिनमा सिमेन्ट बेचेर फाइदामा जाने छाँटकाँट देखिंदैन । हुन त सो कम्पनी फाइदा हुने खालको कम्पनी नै कहाँ हो र ? जसले ऋण तिर्न सर्वसाधारणबाट पैसा उठायो, बजारमा आफ्नो ‘रियल पिक्चर’ देखिने डरले सेयरमा खेलाडी लगायो, त्यस्तो कम्पनीबाट नाफाको अपेक्षा गर्नु पनि त्यति ठिक नहुन सक्छ । भलै केहि खेलाडीका लागि यो क्यापिटल गेन गर्ने कम्पनी भने पक्कै सावित भयो ।
कम्पनीको वित्तीय अवस्था यतिसम्म हरिबिजोग छ कि, कम्पनीको प्रति सेयर आम्दानी नै ४ रुपैयाँ ८१ पैसा ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको यो कम्पनी फण्डामेन्टल रुपमा थप कमजोर हुने आंकलन गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ सम्म कम्पनी १४ करोड ८३ लाख ३१ हजार रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले आईपीओ निष्कासन गर्न कागजी नाफा देखाउनुपर्ने भएकाले पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएलगत्तै ब्याज पूँजीकरणको हतियार प्रयोग गरेर नाफामा देखाउन थालेको थियो, जसबारे सहि अर्थमा अध्ययन नगर्दा धेरै सेयर लगानीकर्ताले यो कम्पनीको आईपीओ खरिद गरेका थिए । आर्थिक वर्ष ०७६/७७, ०७७/७८ र ०७८/७९ मा तथ्यांकमा सिधा छेडखानी गरेर नाफामा रहेको वित्तीय विवरण बनाएपछि र सो विवरणलाई सिएले सर्टिफाई गरेपछि कम्पनीले आईपीओको स्वीकृति पाएको थियो । यसरी छेडखानी गरेर बनाएको वित्तीय विवरणकै आधारमा कम्पनीले प्रिमियमा आईपीओ निष्कासनको स्वीकृति पाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्