काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री यति बेला नेपाल भ्रमणमा छन् । विभिन्न राजनीतिक व्यक्तिहरुसँग औपचारिक भेट भए पनि सो औपचारिक भेटहरुले खास अर्थ राखेको र यसले नेपाल-भारतको कुटनीतिक सम्बन्धलाई मात्र नेपालको आर्थिक र समसायिक विषयमा पनि खास अर्थ राख्ने विश्लेषण गरिएको छ ।
यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्ध र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने तथा थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको थियो । आर्थिक मन्दीको अन्त्य हुनै लागेको विश्लेषण भएका बेला यो भेट औपचारिक भए पनि अर्थपूर्ण रुपमा हेरिएको छ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्दै द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन् । यसले पनि जलबायु क्षेत्रमा केहि नयाँ मिलेर गर्ने दुई देशको योजनालाई साथ दिने विश्लेषण गरिएको छ ।
यता भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरिएको छ । नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेकोमा भ्रमणका क्रममा भएको यस्तो उद्घाटनले भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको विषयलाई थप बढावा दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्