×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारको सहयोगमा निर्मित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारत सरकारको सहयोगमा निर्मित आँबूखैरेनी क्याम्पसको भवन उद्घाटन

Artha Sarokar

९ कार्तिक २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.००१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको तनहुँको आँबूखैरेनी गाउँपालिकास्थित आँबूखैरेनी क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले र तनहुँको आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक/प्राध्यापिका, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको भारतीय राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा आँबूखैरेनी क्याम्पसलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले क्याम्पस भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जुन परियोजना जिल्ला समन्वय समिति तनहुँमार्फत कार्यान्वयन गरिएको दूतावासले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, आँबूखैरेनी गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।

आँबूखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्राहरु रहेका छन् । नेपालको तनहुँस्थित आँबूखैरेनी क्याम्पसका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनुका साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी