×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका डाक्टर सीइओ बर्खास्त, निक्षेपकर्ताको निक्षेप सुरक्षित छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका डाक्टर सीइओ बर्खास्त, निक्षेपकर्ताको निक्षेप सुरक्षित छ ?

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकका सीइओलाई राष्ट्र बैंकले बर्खास्त गरेको छ । कर्णालीलाई डुबाउने खेलमा मुख्य भूमिका खेलेका बैंकका सीइओ डा. ओम प्रकाश मिश्रलाई बर्खास्त गरेको हो । राष्ट्र बैंकले सीइओ मिश्रलाई बर्खास्त गरिएको पुष्टी गरेको छ ।

अव राष्ट्र बैंकले नै बैंकको व्यवस्थापन हेर्ने राष्ट्र बैंकले जनाएको छ । कर्णालीको व्यवस्थापन हेर्न राष्ट्र बैंकको टोली नेपालगंज पुगिसकेको छ ।

नेपालगंज पुगेर राष्ट्र बैंकका अधिकारीहरुले बैंकको प्रारम्भिक स्थलगत रिपोर्ट लिएका छन् । रिपोर्टपछि राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित रहेको आशय आउनेगरी विज्ञप्ति निकाल्ने तयारी गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरिवेक्षणका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक गुगल किशोर कुशवाहालाई कर्णाली डेभलपमेण्ट बैंकको व्यवस्थापनको जिम्मेवारी दिएर उनीहरुलाई नेपालगंज पठाईसकेको छ ।

राष्ट्र बैंकले बाँके पठाएको टिमले बैंकको सञ्चालक नियुक्ति, लेखापरीक्षक नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने, आवश्यक नभएका शाखा बन्द गराउने वा स्थान्तरण गराउने लगायतका अधिकार पाउनेछन् । प्रारम्भिक रिपोर्ट लिईसकेपछि राष्ट्र बैंकले बन्द गर्नुपर्ने केहि शाखाका बारेमा पनि केन्द्रमा रिपोर्ट गर्नेछ । यसका लागि केहि दिन लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकका सञ्चालकहरूले निक्षेपकर्ताको पैसा दुरुपयोग गरेको पुष्टी भएपछि राष्ट्र बैंक ऐन दफा ८६ बमोजिम राष्ट्र बैंकले बैंकलाई नियन्त्रणमा लिनुपरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी