काठमाडौँ । भाटभटेनीले कुनै पनि कर्मचारीलाई कामबाट ननिकाल्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनीका दुई दर्जन शाखा आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त हुँदा पनि भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने निर्णय गरेको हो ।
भदौ २४ गते आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भाटभटेनीका १२ शाखाहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।
ती शाखाहरु पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । शाखा पुनः सञ्चालनमा आउन अझै समय लाग्ने पक्का छ । तर, शाखाहरु सञ्चालन नहुँदा पनि त्यहाँ कार्यरत कर्मचारीहरुको जागिर भने नजाने भएको छ । त्यति मात्र होइन, कर्मचारीले पाउनुपर्ने सेवा सुविधा पनि नरोकिने भाटभटेनीले जनाएको छ ।
आन्दोलनमा भएको तोडफोड र आगजनीपछि भाटभटेनीमा कार्यरत सयौँ कर्मचारी बेरोजगार हुने अनुमानसहितका विश्लेषण गरिएका थिए । तर, त्यस्तो अवस्था नआउने भाटभटेनीले स्पष्ट पारेको छ ।