काठमाडौँ । अमेरिकी सिइओले कम्पनी बेचेर कर्मचारीलाई बोनस बाँडेका छन् । अमेरिकाको लुसियाना राज्यस्थित फाइबरबन्डका सिइओ ग्राहम वाकरले कम्पनीले बेचेर आफ्ना कर्मचारीहरुलाई ३४ अर्ब रुपैयाँ नगद बोनस बाँडेका हुन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार वाकरले सो कम्पनी अमेरिकी बहुराष्ट्रिय कम्पनी एटोनले १ अर्ब ४० करोड डलरमा खरिद गरेको हो ।
वाकरले कम्पनी बेचेर आएको रकमको १५ प्रतिशत अर्थात २४ करोड अमेरिकी डलर (३४ अर्ब रुपैयाँ भन्दा बढी) रकम कम्पनीमा कार्यरत ५ सय ४० जना कर्मचारीलाई बोनस बाँडेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आफू र कम्पनी विगतमा कठिन समयमा हुँदा कर्मचारीले देखाएको निष्ठा र समर्पणको सम्मानस्वरुप यस्तो निर्णय गरेको वाकरले जनाएका छन् । वाकरले यसअघि नै कर्मचारीलाई करोडौँ डलर रकम बोनस बाँड्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले कर्मचारीलाई बोनस बाँडेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्