काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमै कर्जा दिन थालेका छन् । बैंकिङ प्रणालीमा तरलता थुप्रिरहने तर कर्जा लगानी नहुने स्थिति देखेपछि बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमै कर्जा प्रवाह गर्न थालेका हुन् ।
अहिले बैंक तथा वित्तीय संस्थामा कसले कम ब्याजदरमा कर्जा दिन्छ ? भन्ने प्रतिष्पर्धा नै चलेको छ ।
बैंकहरुको ब्याजदर हालसम्मकै तल्लो बिन्दुमा झर्दा पनि लगानी विस्तार नबढेपछि बैंकहरुले ब्याजदर अझै घटाएर कर्जा प्रवाह गर्ने नीति अघि सारेका छन् । अर्थात, सस्तो दरमा कर्जा दिएरै भए पनि बैंक तथा वित्तीय संस्थाहरु बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्नतर्फ लागेका छन् ।
हाल वाणिज्य बैंकहरुले ४.८१ प्रतिशतदेखि ९ प्रतिशतसम्ममा कर्जा प्रवाह गर्दै आएका छन् । वाणिज्य बैंकहरुले ४.८१ प्रतिशतदेखि ९ प्रतिशतसम्ममा कर्जा उपलब्ध गराएका छन् । जसमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो (४.८१ प्रतिशत) ब्याजदरमा ७ वर्षदेखि २० वर्षको अवधिका लागि स्थिर ब्याजदरमा घर कर्जा दिँदै आएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.३५ देखि ८.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.९३ देखि ८.९३ प्रतिशत ब्याजदरमै घर कर्जा प्रवाह गर्दै आएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले ७.४९ प्रतिशतमा, ग्लोबल आईएमई बैंकले ६.८३ देखि ८.८३ प्रतिशत, कृषि विकास बैंकले ५.४० देखि ८.४० प्रतिशत, नबिल बैंकले ६.४१ देखि ८.१६ प्रतिशत, सानिमा बैंकले ७.११ देखि ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७.५१ देखि ९.५१ प्रतिशत, नेपाल बैंकले ६.४१ देखि ७.२२ प्रतिशत, एनएमबी बैंकले ६.२२ देखि ८.२२ प्रतिशत, माच्छापुच्छे् बैंकले ६.२६ देखि ८.२६ प्रतिशत, सिद्धार्थ बैंकले ७.४९ प्रतिशत, हिमालयन बैंकले ६.३९ देखि ८.३९ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत, सिटिजन्स बैंकले ७.९९ प्रतिशत र लक्ष्मी सनराइज् बैंकले ६.३८ देखि ८.३८ प्रतिशतको दरमा घर कर्जा प्रवाह गर्दै आएका छन् ।
यता प्राइम कमर्सियल बैंकको ब्याजदर भने सबैभन्दा धेरै छ । प्राइम कमर्सियल बैंकले ९ देखि ११ प्रतिशतसम्ममा घर कर्जा प्रवाह गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्