Skip to content
LAXMI SUNRISE BANK

रमेश लेखकको स्थानहद फुकुवा हुँदै !

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा हुने भएको छ । जेन–जी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले लेखकमाथि लगाइएको स्थानहद खोल्ने तयारी गरेको हो ।

आयोगले लेखकसँग दुई पटक बयान लिइसकेको छ ।

यसअघि पुष १४ गते आयोगले लेखकसँग पहिलो पटक बयान लिएको थियो । त्यसपछि जवाफ चित्त नबुझेको भन्दै आयोगले पुष १६ गते (बुधबार) साँझ साढे ७ बजे पनि लेखकसँग बयान लिएको थियो ।

बयान सकिएसँगै आयोगले लेखकमाथि लगाएको स्थानहद फुकाउने तयारी गरेको छ । यसअघि आयोगले बयान लिइसकेका नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँका तत्कालीन सिडिओ, तत्कालीन गृहसचिवको स्थानहद फुकुवा गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK