मिति: २०८२ साल पुष २९ गते मंगलबार
स्थान : जिल्ला सिन्धुली, घ्याङलेख गाउँपालिका
समय: बेलुकी ६:३० बजे
लुटेराहरु आए, गार्डलाई सुरुमा आक्रमण गरे । रोक्न खोज्दा सुरक्षा गार्डको हात काटिदिए, पेस्तोल र खुकुरी देखाएर तर्साए । मुख बाँधेर एक ठाउँ राखे ।
बैंकका कर्मचारी सोहि बैंक भएको माथिल्लो तल्लामा बस्छन् । बैंक लुट्न आएको समूहका केहि माथि बैंकका कर्मचारी भएको ठाउँमा पुग्छन्, उनीहरुलाई डोरीले बाँध्छन्, नबोल्न भन्छन्, मुख थुनिदिन्छन् । बैंकको पैसा राखिएको ठाउँको चाबी माग्छन्, र ढोका लगाईदिन्छन् ।
कोहि सुरक्षा गार्डको निगरानीमा बस्छन्, कोहि बैंकका कर्मचारीको । केहि मिनेटमै बोरामा पैसा पोको पारेर लुटेराहरु भाग्छन् । यो कुनै फिल्मको कहानी होइन, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटको घटना हो । आउनुहोस्, सिन्धुलीमा रहेको बैंक लुट प्रकरणलाई बुँदागत रुपमा टाइमलाइन अनुसार बुझौँ ।
बेलुकी ६:३० बजे : लुटेराहरु बैंक छिरे
गाउँपालिकाको भवनमा नेपाल एसबिआई बैंकको शाखा छ । सो शाखाको माथिल्लो तल्लामा सोहि बैंकका कर्मचारीहरु बस्छन् । बैंकको मुख्य गेट बन्द थियो । तर बैंक भएको घरको पछाडीपट्टी ओहोरदोहोर गर्ने अर्को एउटा ढोका छ । सो ढोका भने त्यहाँ बस्नेहरु ओहोरदोहोर गर्नका लागि खुला हुन्छ । बैंक लुटेराहरु सोहि गेटको प्रयोग गरेर बैंक छिरेका थिए । बैंक छिर्ने बित्तिकै उनीहरुले गार्डमाथि आक्रमण गरी, अरु कर्मचारीको पनि हात बाँधीदिए, मुख थुनिदिए र चाबी लिए । केहि समयभित्रै बैंक लुटेर उनीहरु भागे ।
करिव ६:४५ बजेतिर : बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे
बैंक लुटेराहरुले कर्मचारीहरुलाई बन्धक बनाएर राखेका थिए । लुटेराहरु पैसा लिएर हिँडेपछि बैंकका कर्मचारीले प्रहरीलाई फोन गरे । केहि समयभित्रै प्रहरी आईपुग्यो, उनीहरुको उद्धार गर्यो, घटनाबारे जानकारी लियो र अनुसन्धानमा लाग्यो ।
६:४५ तिरै गाउँमा हल्लाखल्ला सुरु भईसकेको थियो ।
गाउँलेहरुलाई बैंक लुटिएको थाहा भएपछि उनीहरुले हारगुहार गरे, कराए । तुरुन्त प्रहरी परिचालन भयो । प्रहरीहरुले आफ्नो पिछा गरेको थाहा पाएपछि लुटेराहरु उनीहरुले प्रयोग गरेको गाडी त्यहिं छोडेर जंगलै जंगल भागे । उनीहरुले भागेको देखेपछि केहि स्थानीयहरुले उनीहरुलाई ढुंगाले हान्नसमेत खोजेका थिए ।
लुटेराहरुले सकेको पैसा बोके, नसकेको त्यहिँ छोडिदिए । लुटेको मध्ये एक बोरा पैसा गाडीमै छोडिदिए । बोकेको अरु पैसा पनि भाग्ने क्रममा उनीहरुले ठाउँ ठाउँ फाले । जंगलको बाटोमा नोटका बिटाहरु यत्रतत्र छरिए, भाग्ने क्रममा एक ठाउँ त लुटेराहरुलेबोरा नै छोडे । उनीहरुलाई पछ्याईरहेको प्रहरी र स्थानीय बासिन्दाले लुटेरा त भेटेनन्, तर बोराभरि पैसा भेटे, जुन पैसा स्थानीयले प्रहरीको जिम्मा लगाईसकेका छन् ।
प्रहरीले बैंक लुट्नका लागि प्रयोग भएको गाडी र सवारी चालक नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । प्रारम्भिक बयानका क्रममा सवारीचालकले केटी भगाउने भन्दै गाडी रिजर्भ गरेको, हामी कुरा मिलाएर केहि छिनमा आउँछौँ भनेको र गाडी र ड्राइभरलाई बैंक अगाडी राखेको बताए । तर पछि उनीहरुले पैसाका बोरा लोड गरेर गाडी कुदाउन भनेको सवारी चालकको भनाई छ । उनका अनुसार अलि अघि गएपछि मात्र बैंक लुटिएको थाहा भयो । प्रहरीहरु पिछा लागेको थाहा भएपछि उनीहरुले गाडी रोक्न लगाएर भागेका थिए ।
रात छिपिंदै गर्दा, अवेरसम्ममा लुटेराहरुले भाग्ने क्रममा जंगलमा छाडेका नोटहरु केहि भेटिए, केहि भेटिएनन् । प्रहरीले सर्च अपरेशन चलाएको छ, बैंकका कर्मचारीहरुलाई सोधपुछ गरेको छ, उनीहरुलाई आफ्नै सुरक्षामा सुरक्षित राखेको छ । घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी पुगिसकेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले पनि चासो राखेको छ भने बैंकले पाएको सूचना राष्ट्र बैंकका अधिकारीहरुलाई दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper












प्रतिक्रिया दिनुहोस्