Skip to content
LAXMI SUNRISE BANK

नियम नमान्ने सय बढी कम्पनीलाई धितोपत्र बोर्डले गर्यो कारवाही, ५० लाख बढी जरिवाना असुल

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक सय भन्दा बढी कम्पनीलाई कारवाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०८१/८२ मा नियम नमान्ने एक सय एक कम्पनीलाई कारवाही गरेको हो । 

बोर्डको कारवाहीमा पर्नेमा दुई वटा ब्रोकर कम्पनी छन् भने एउटा मर्चेन्ट बैंकर, एउटा हाइड्रोपावर कम्पनी, एउटा बीमा कम्पनी र ९६ वटा सूचीकृत संस्था छन् । 

समयमा वित्तीय विवरण नबुझाएको, सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशन पालना नगरेको, सेयर बाँडफाँडमा पारदर्शिता नदेखाएको तथा नियामकीय प्रावधानको उल्लंघन गरेको कारण ती कम्पनीहरुलाई कारवाही गरिएको बोर्डले जनाएको छ । 

बोर्डले जारी गरेको सूचना अनुसार कारवाहीस्वरुप ब्रोकर कम्पनीलाई ५/५ हजार रुपैयाँ, १६ सूचीकृत संस्थालाई एक/एक लाख रुपैयाँ, ६९ कम्पनीलाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । कारवाहीमा परेका केही कम्पनीलाई भने लिखित चेतावनी र निर्देशन दिइएको बोर्डले जनाएको छ ।

एक सय एक कम्पनीलाई गरिएको कारवाहीबाट ५० लाख ६० हजार रुपैयाँ जरिवाना असुल गरिएको बोर्डले जनाएको छ । यी हुन् कारवाहीमा परेका कम्पनी:

karbahi
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK