काठमाडौँ । नेपालको डिजिटल बैंकिङ र भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने दिशामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा ‘नेपाल पे कार्ड’ (Nepal Pay Card) जारी गर्ने पहिलो बैंक बन्ने सम्झौता गर्दै स्वदेशी कार्ड प्रणालीको विस्तारमा अग्रणी भूमिका निर्वाह गरेको हो ।
नेपालको आफ्नै राष्ट्रिय कार्ड प्रणाली विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको ‘नेपाल पे कार्ड’ ले देशभित्र हुने कार्ड कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस कदमले ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्नुका साथै स्वदेशी डिजिटल पूर्वाधारलाई बलियो बनाउने विश्वास बैंकले लिएको छ ।
यस सम्बन्धी सम्झौतापत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान ले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार ‘एनसिएचएल नेशनल कार्ड स्विच’ अन्तर्गत सञ्चालन हुने इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटि) प्रणालीमार्फत नेपाल पे कार्ड जारी गर्ने पहिलो सदस्य बैंकका रूपमा सिटिजन्स बैंक स्थापित भएको हो । यो उपलब्धिले बैंकलाई नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासमा अग्रणी संस्थाका रूपमा थप स्थापित गरेको छ ।
यस सहकार्यपछि बैंकका एटिएम तथा पिओएस टर्मिनलहरूमा नेपाल पे कार्डसँगै डिस्कोभर, डिनर्स, प्लसजस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गर्न सकिने व्यवस्था हुनेछ । यसले स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका कार्ड प्रयोगकर्तालाई थप सहज सेवा उपलब्ध गराउने विश्वास गरिएको छ ।
बैंकका अनुसार ग्राहकले निकट भविष्यमै नेपाल पे कार्ड प्राप्त गरी दैनिक खरिद, सेवा भुक्तानी तथा अन्य वित्तीय कारोबारमा प्रयोग गर्न सक्नेछन् । यसले विदेशी कार्ड नेटवर्कमा निर्भरता घटाउँदै स्वदेशी डिजिटल भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
डिजिटल बैंकिङलाई समयानुकूल विस्तार गर्दै ग्राहकमैत्री सेवा विकासमा केन्द्रित रहेको सिटिजन्स बैंकले प्रविधिमैत्री बैंकिङ सेवामा निरन्तर लगानी गर्दै आएको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, इन्टरनेट बैंकिङदेखि अत्याधुनिक कार्ड सेवासम्म बैंकले आफ्ना ग्राहकलाई सुरक्षित, सहज र विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्