काठमाडौँ । नेपालका २० वाणिज्य बैंकहरुमध्ये पछिल्लो १ वर्षमा सार्वजनिक भएका घटना केलाउने हो भने ग्राहकको पैसा सबैभन्दा बढी बैंककै कर्मचारीले चोर्ने बैंकमध्ये सबै भन्दा अगाडि छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । बैंकको गाईघाट शाखाकी सुनिता बानियाँ हुन्, वा रुपन्देहीका कर्मचारी रिशभ कार्की । उनीहरुले ग्राहकको खाताबाट करोडौँ चोरे । बैंकका कतिपय शाखामा भएका यस्ता बदमासी त अझ बाहिर आएकै छैनन् । बैंकका सिइओमाथि सरकारी सम्पत्ति बेचेको अभियोगमा अनुसन्धान चलिरहेको छ, बैंकमा आधा दर्जन बढी ग्राहकको पैसा चोरी गरिएका केस विभिन्न प्रहरी कार्यालयमा अनुसन्धानमा छन्, केही अदालत पुगेका छन् । यसरी ग्राहकको रकम चोर्नमा खप्पिस नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमध्ये एक रिशभ कार्की भने अन्ततः जेल चलान भएका छन् ।
हो, बैंकका ग्राहकको खातामा रहेको रकम आफ्नो खातामा ट्रान्सफर गरी लगेको मुद्दामा एनआईएमबी बैंक तौलिहवा शाखाका कर्मचारी रिशभ कार्कीलाई अदालतले कारागार चलान गरेको छ । ग्राहकको खाताबाट कुल १ करोड ६५ लाख डकैती गर्ने उनीसँग अदालतले ५० लाख धरौटी मागिएको थियो । तर उनले धरौटी बुझाएनन्, त्यसपछि जेल गए ।कार्कीले मोबाइल बैंकिङ मार्फत ट्रान्सफर अलर्ट समेत नहुने गरी तथा कनेक्ट आईपिएसको माध्यमबाट ट्रान्सफर गरी पैसा चोर्ने गरेका थिए । प्रहरीले डेढ महिना लगाएर यो घटनामा अनुसन्धान गरी केस अदालतमा बुझाएको थियो ।
प्रहरीका अनुसार रिशभ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पियनका रुपमा कार्यरत थिए । तत्कालीन मेगा बैंकका कर्मचारी उनी मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्जरमा गएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पालेदाइको रुपमा कार्यरत थिए । तर जागिर पालेदाईको भए पनि, यिनी ग्राहकको रकम सिष्टमबाट चोर्न खप्पिस थिए । पालेदाइको काम भए पनि बैंक बाहिर यिनी बैंकको मेनेजर नै आफू नै हो जस्तो गफ दिन्थे, करोडौँको गफ सुनाउँथे । उनको यस्तो फूर्तीफार्ती आउनुको पछाडिको कारण थियो, उनी बैंकमा कोर बैंकिङ सिष्टम नै चलाउँथे, त्यहाँबाट पैसा चोर्थे र सो पैसा आफु चलाउँथे । यस्तो बदमासी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका थुप्रै शाखामा हुने गरेको थाहा पाएका कार्कीले खुरुखुरु ग्राहकको पैसा चोर्थे तर सरकारी सम्पत्ति लिलामी प्रक्रियामा व्यस्त भएको बैंकले यो कुरा थाहा नै पाएन । पछि बैंककै अर्का एक कर्मचारीले दिएको जानकारी फुर्सदमा केलाउँदा कार्कीको बदमासी छताछुल्ल भएपछि बैंकले प्रहरी गुहारेको थियो । लगत्तै प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा उनले आफूले ग्राहकको बैंक खाताबाट पैसा चोरेको स्वीकार गरेका थिए । अनुसन्धान सकेर प्रहरीले उनलाई अदालत बुझाएको थियो । बिना धरौटी छोड्दा उनी भाग्ने देखेपछि अदालतले उनलाई ५० लाख धरौटी माग गरेको थियो ।
अव, प्रश्न उठेको छ, एउटा पिउनको हातमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोर सिष्टम कसरी पुग्यो ? एक दिन होइन, दुई दिन होइन, महिनौँदेखि पालेदाईले बैंकको कोर सिष्टम चलाउँदा बैंकका मेनेजर के हेरेर बसे ? अनेक प्रश्न अनुत्तरित छन् । जनताले खाई नखाई गरेर राखेको पैसा यसरी कर्मचारीले नै चोरेको प्रमाणित हुँदा यो प्रकरणमा राष्ट्र बैंकले किन बैंकलाई कारवाही गर्दैन ? एक ठाउँ होइन, दुई ठाउँ होइन, आधा दर्जन बढी यस्ता केस हुँदा पनि राष्ट्र बैंकले यो बैंकमाथि किन डण्डा चलाउँदैन ? अव जनताले के सोचेर, के बुझेर यो बैंकमा पैसा राख्ने ? अनि बैंकमा राखेको पैसा, बैंककै कर्मचारीले लुटेर खाईदिएपछि अव जनताले कसलाई विश्वास गर्ने ? न ग्राहकसँग, न बैंकसँग, कसैसँग पनि यो प्रश्नको जवाफ छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका काण्डहरु पछिल्लो समय यति धेरै आईरहेको छ कि, त्यति त दिनमा हर्क साम्पाङ्गको स्ट्याटस पनि आउंदैन । हाकिमले टर्चर दिएर दोलखाका एक कर्मचारीलाई हर्ट अट्याक भएको प्रकरण पूरानो भएकै छैन । हाकिमकै टर्चरका कारण कर्मचारीले नदीमा हाम फालेको घटना सेलाएकै छैन । गाईघाटमा कर्मचारीले ग्राहकको पैसा चोरेको अस्ति भर्खर हो । डेपुटी सीइओ महिलालाई दुव्र्यवहार गरेको प्रकरणमा परेको घटना पनि जनताले बिर्सेका छैनन् । सिइओमाथि अहिले पनि सीआईबीले अनुसन्धान गरिरहेको छ । संचालक नियुक्तिको विवाद अस्ति भर्खर अदालत पुगेको जनताले बिर्सेका छैनन् । अहिले पनि सबैभन्दा नाजुक स्थितिमा यहि बैंक छ, खराब कर्जाले डाँडा काटीसक्यो, ऋण तिर्न नसकेकाहरुलाई थप ऋण दिएर जनताको रकम जोखिममा पारेको तथ्य पछिल्ला अनुसन्धानहरुले प्रष्ट पारेका छन् । अनि यति हुँदा पनि बैंक चलिरहेकै छ, जनताको पैसा हराउने जोखिमचाहिं घटेको छैन, हटेको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा अव जनताको रकम सुरक्षित छैन भन्ने प्रमाणित भईसकेको छ । बैंकले दिएको ऋणको ठुलो हिस्सा खराब कर्जा भईसकेको छ भन्ने प्रमाणित भईसकेको छ । सीइओ सीआईबीको अनुसन्धानमा छन् । कामु सिइओमाथि महिला कष्टमरमाथि दुर्व्यवहारको बात छ । सीइओ भाग्दाभाग्दै पक्राउ परेर प्रहरी हिरासतमा हुँदा कोहि हाकिम विदेश घुमिरहेका छन्, कोहि हाकिम शंकास्पद कारोबारमा जोडिएपछि पक्राउ पर्ने डरले बैंक नै छाडेर कहाँ गईन् अत्तो पत्तो छैन । अनि यति हुँदा पनि नियामक राष्ट्र बैंक किन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथि दया गरिरहेको छ, उसलाई जोगाईरहेको छ कसैलाई थाहा छैन ।
यसरी नै घोटाला लुकाउँदा, छिपाउँदा हिजो कर्णाली बिकास बैंक टाँट पल्टियो । कर्णालीको केसमा पनि केही महिनाअघिसम्म सब ठिकठाक छ भनिएको बैंकलाई समस्याग्रस्त घोषणा गरियो । बचतकर्ताले अझै पनि कर्णाली बिकास बैंकबाट पैसा पाएका छैनन् । भोलि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा त्यस्तो नहोस् । त्यस्तो दिन नआउनका लागि सम्बन्धित निकायको ध्यान जाओस् । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्