Skip to content
LAXMI SUNRISE BANK

आरजुलाई काठमाडौँ ल्याएरै छोड्ने भो अख्तियारले, जलेको घरमै टाँसिदियो पत्र !

अर्थ सरोकार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि बोलाएको पत्र बुढालीनकण्ठस्थित देउवा निवासमा टाँसिदिएको छ । 

राहदानी खरिद ठेक्का प्रकरणमा नाम मुछिएपछि अख्तियारले आरजुलाई बयानका लागि बोलाएको हो ।

अख्तियारले आरजुका नाममा काटेको पत्र खण्डहर बनेको देउवा निवासको बाहिरपट्टी टाँसिदिएको छ । पत्रमा अख्तियारले आरजुलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । 

अख्तियारले बयानका लागि काटेको पत्र निवासमा टाँसेपछि आरजुले आफू हाल उपचारका क्रममा विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने भन्दै अख्तियारमा इमेल पठाएको बताइएको छ । तर, आयोग भने आरजुलाई कुनै पनि हालतमा काठमाडौँ ल्याएरै छोड्ने मनसायका साथ अघि बढेको स्रोतले बताएको छ । 

हाल उक्त प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार रेग्मीमाथि अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK