Skip to content
LAXMI SUNRISE BANK

‘आइतबारको बिदा खारेज हुँदैन’- सस्मित पोखरेल

अर्थ सरोकार

काठमाडौँ । आइतबारको बिदा खारेज नहुने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा खारेज नहुने बताएका हुन् ।

सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न समिति गठन गरेपछि आइतबारको बिदा खारेज हुने चर्चा चलेको थियो । तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले आइतबारको बिदा खारेज हुने चर्चा सत्य नभएको बताएका छन् । 

उनले आइतबारको बिदा यथावत् रहने बताए । उनले अन्तराष्ट्रिय अभ्यासमा पनि प्रायः दुई दिन बिदा दिइने उल्लेख गर्दै सरकारले आइतबारको बिदा तत्काल हटाउनेबारे नसोचेको बताएका छन् । 

सरकारले गत चैत २२ गतेदेखि हप्ताको दुई दिन (शनिबारआइतबार) बिदा दिने निर्णय गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK