×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भारतको स्वतन्त्रता दिवस, नेपालको अर्थतन्त्र र हामीले सिक्नुपर्ने पाठ’, सुदिन लिम्बुको लेख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘भारतको स्वतन्त्रता दिवस, नेपालको अर्थतन्त्र र हामीले सिक्नुपर्ने पाठ’, सुदिन लिम्बुको लेख

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । नेपालका दुई छिमेकीमध्येको ‘रोटी-बेटी’को सम्बन्ध भएको छिमेकी राष्ट्र भारत स्वतन्त्रभएको ७४ वर्ष पुगेको छ । बेलायतको कब्जाबाट भारत सन् १९४७ अगस्ट १५ मा स्वतन्त्र भएको थियो । इतिहासका पानाहरु पल्टाउने हो भने भारत स्वतन्त्र भएपछी अर्थतन्त्रका हिसाबले धेरै हदसम्म सवाल बनेको छ । बेलायती कब्जामा हुँदा बेलायती स्वार्थमा बनेका संरचनाबाहेक भारतलाई आफैंमा भारतका लागि केहि गर्न दिइएको थिएन । तर स्वतन्त्रताको बिगुल फुक्न पाएको समयदेखि भारतले आर्थिक हिसाबमा आफुलाई धेरै परिवर्तन गराईसकेको छ । र त भारत अहिले विश्वका शक्ति राष्ट्रहरुसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमता राख्ने मुलुक बन्न सफल भएको छ ।

यो ७४ बर्षमा भारत आफुमात्रै सफल र सबल बनेको छैन बरु आर्थिक हिसाबले भारतले विश्व अर्थतन्त्रमा ठुलो योगदान दिएको छ । नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको भारतले आफ्नो उपस्ठिति विश्वका ठुला देशका अर्थतन्त्रमा पनि मजबुत तरिकाले दर्ज गरिसकेको छ । भारतले नेपाललाई पूर्वाधार निर्माण तथा सांस्कृतिक सम्पदाको पुनर्निमाणमा सहयोग त गरिरहेको छ नै, यस अलावा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्स्सा बनेर कतै सहयोग, त कतै व्यापारिक साझेदारीमा भारतको ठुलो भूमिका छ ।

नेपालको अर्थतन्त्रमा भारतको भूमिका

भारतको अर्थतन्त्रको मजबुती हेर्न धेरै पर जानुपर्दैन। छिमेकी अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको भारतले नेपालको अर्थतन्त्रमा खेलेको भूमिकाले नै त्यसलाई पुष्टी गर्दछ । भारतको सहयोगमा नेपालमा थुप्रै सम्रचनाहरु बनेका छन् । विराटनगर र विरगञ्जमा संयुक्त चेक पोस्ट निर्माण त्यसको पछिल्लो उदाहरण बनेको छ । मालबाहक सवारी साधनको जाँचलाई सहज बनाउने उद्देश्यले भारतले विराटनगरमा २ अर्ब २३ करोड ६० लाख र विरगञ्जमा २ अर्ब २१ करोड ६० लाख खर्चमा संयुक्त जाँच केन्द्र बनाएको थियो । यो एउटा पछिल्लो उदाहरणले पनि भारत स्वतन्त्र भएपछी आफुसंगै छिमेकीलाई पनि सहयोग र साथ दिंदै छिमेकी अर्थतन्त्र पनि बलियो बनाउने अभियानमा छ भन्ने प्रष्ट पार्दछ ।  यस अलावा मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण होस् वा रेलवे परियोजनामा भारतले गरेको सहयोग, भारतले नेपाललाई ठुलो सहयोग गरिरहेको छ । आजका दिनमा पनि नेपालका धेरै संरचनाहरुमा भारतले सहयोग गरेको छ। ती संरचनाले नेपाली जनतालाई दिएको सुविधाको कुनै मूल्य छैन। सुगम तराईदेखि दुर्गम पहाडी इलाकामा पनि भारतीय सहयोगले थुप्रै नेपालीहरु लाभान्वित भएका छन् ।

यो सहयोगको अलावा नेपाली अर्थतन्त्रमा भारतको भूमिका ठुलो छ।  नेपाल आउने पेट्रोलियम पद्धार्थ होस् वा खाद्यान्ह, त्यसमा भारतीय व्यापारको हिस्सा ठुलो छ।  समग्रमा भन्दा चुलोदेखि महलसम्म भारतीय योगदानको हिस्सा ठुलो छ।  नेपालीहरुको चुल्हो बाल्ने ग्याँसदेखि, नेपालमा आयात हुने लत्ताकपडासम्ममा भारतीय व्यापारको हिस्सा ठुलो छ।  संरचना निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्य, र बिकास निर्माणका काममा भारतीय पक्षको व्यापार वा सहयोग दुवै हिसाबले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदानलाई कसैले नकार्न सक्दैन।  समग्रमा आर्थिक हिसाबले नेपाली र नेपाललाई सबैभन्दा बढी सहयोग भारतले नै गरेको छ ।

तर, सहयोग र व्यापार दुबैको अवमूल्यन भएको त होइन ?

तर बर्षौंदेखि भारत र नेपालबीच भईरहेको व्यापार, सहयोग आदान प्रदान लायतका कामलाई विभिन्न बाहनामा भारतको योगदानलाई अवमूल्यन गरेर कतिपयले छिमेकी राष्ट्रको नेपालप्रतिको योगदानलाई नै अवमूल्यन गरिरहेका छन् । हो छिमेकी भएपछी जरुर केहि समस्याहरु हुन्छन् । सँगै सुतेपछि लात्ती लाग्नु स्वाभाविक हो।  घरमा दाजुभाईबीच कहिलेकाहीं खटनपटन हुनु स्वाभाविक हो।  तर दुई भाईको लडाईमा अर्को छिमेकीले आफ्नो स्वार्थ लुट्न खोजीरहेको छ भन्ने कुरातर्फ ध्यान नदिंदा त्यसको सबैभन्दा बढी फाइदा अर्को छिमेकीले लिने डर बढेको छ।  जसको सबैभन्दा ठुलो स्वार्थ भनेको एक आफ्नो व्यापार नेपालमा बढाउनु र दुई भारतको सहयोग नेपालमा कम होस् भन्ने हो भन्ने तथ्यलाई पनि नकार्न सकिंदैन।  भएका समस्याहरुलाई वार्ता र सम्बादका माध्यमबाट हल गर्नुपर्नेमा केहि गिरोहहरु जवर्जस्त भारत र नेपालबीच फाटो ल्याउने दुष्प्रयास गरिरहेका छन्। यसले समग्र नेपालको राजनीति त तातेको छ नै, तर कतै न कतै छिमेकीबीचको अर्थतन्त्र बलियो बनाउने योजनाको सम्बन्धलाई खलल पुर्याउने डर बढेको छ । सार्कमा रहेर होस् वा खुला सिमा भएर होस, नेपाली अर्थतन्त्रमा भारत सधैं सहयोगी भूमिकामा छ । छिमेकीको मामलामा भारत जहिले पनि उदार भएको प्रष्ट छ । कोरोना विरुद्धको खोप अभियानमा नेपाल प्राथमिकतामा पर्नु त्यसको पछिल्लो उदाहरण हो ।

र… हामीले सिक्नुपर्ने पाठ

भारतले आफ्नो ७४ औं स्वतन्त्रता दिबस मनाईरहंदा हामीले विशेषगरी २ कुरा सिक्नुपर्छ । १. भारतले ७४ बर्षमा के के गर्यो, र हामीले जहानियाँ राणा शासनपछि अर्थतन्त्रमा के के बिकास गर्यौं ? के के परिवर्तन गर्यौं ? हामी कहाँ चुक्यौं ? के हामीले जहिले पनि राजनीतिको पछि मात्र लाग्ने हो ? २. भारतले जसरी नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ, त्यसलाई सकारात्मक रुपमा लिएर हामी किन असल छिमेकीसँग मिलेर हाम्रो अर्थतन्त्रलाई थप बलियो बनाउन चाहीरहेका छैनौं । छिमेकी भएका नाताले धेरै कुरामा नेपालप्रति भारत उदार छ। यो तथ्यलाई मनन गर्दै हामीले यसलाई अपार व्यापारको सकारात्मक कडी किन बनाउन सक्दैनौं ? दुई देशबीच देखिएका समस्याहरुलाई सकारात्मक तरिकाले सुल्झाएर हामी किन एक एक मिलेर ३ बनाउने गरी सिनर्जी उत्पादन गर्नेगरी काम गरिरहेका छैनौं ? के अव यो तथ्यलाई मनन गर्नुपर्ने बेला भएन र ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी