काठमाडौं । ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपालले अदालतको आदेशलाई समेत अवज्ञा गर्दै विगत ५ वर्षदेखि कब्जा गरेको घरमा नगर प्रहरीले डोजर चलाएको छ । घरबेटी नरेश न्यौपानेलाई घरभाडा समेत नतिरी ग्रेटर नेपालको अभियान्ता बताउने फणिन्द्र नेपाल र उनकी श्रीमती रोहिका नेपालले सञ्चालन गर्दै आएको स्कुलमा पनि प्रहरीले डोजर चलाएको हो । काठमाडौं जिल्ला अदालत र काठमाडौं महानगरपालिकाको आदेशलाई समेत उल्लंघन गर्दै घरवेटी नरेश न्यौपानेलाई उल्टै धम्की दिँदै आएका नेपाल दम्पत्तिमाथि अन्ततः नगर प्रहरी कानुनअनुसार कदम चाल्न बाध्य भएको हो ।
नेपाल दम्पत्ति चावहिलमा रहेको न्यौपानेको घर कब्जा गरेर इडेन पब्लिक स्कुल सञ्चालन गर्दै आएका थिए । उक्त घर खाली गराउन जिल्ला अदालत, काठमाडौं महानगरपालिकाको न्यायीक समितिले पटक-पटक आदेश दिएको थियो । तर नेपाल दम्पत्तिले भने घरबेटी न्यौपानेलाई उल्टै धम्की दिंदै घर कब्जा गर्दै आएका थिए । त्यसपछि महानगरपालिकाले भदौ १८ गते आइतबार घर खाली गराउने निर्णय भदौ १० गते गरेको थियो । भदौं १० मा रोहिका नेपाललाई पत्र लेख्दै महानगरपालिकाले भनेको थियो-‘तपाईले यो पत्र पाए वा रितपूर्वक तामेल भएपश्चात न्यायिक समितिबाट भएको निर्णय मिति २०७८/०७/१७ गते अगावै तपाई आफैले कार्यान्वयन गरी यस कार्यालयलाई जानकारी गराउनु होला । अन्यथा मिति २०७८/०७/१८ गते यसै कार्यालयबाट डोर खटि आई निर्णयानुसार कार्यान्वयन गरिने ब्यहोरा सूचित गरिन्छ ।’
यसरी पत्र काट्दा समेत नेपाल दम्पत्तिले घर खाली नगरेपछि नेपाल प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार डोजर नै चलाएर घर खाली गराएको हो । नेपाल दम्पत्तिले २०७२ साउन १ गतेदेखि भाडामा लिएपनि २ वर्षपछिदेखि अहिलेसम्म भाडा समेत तिरेका छैनन् । न्यौपानेले पटक-पटक घरभाडाका लागि पहल गर्दा समेत उनीहरुले नतिरेपछि अन्ततः यो मुद्दा स्थानीय सरकार हुँदै अदालतसम्म पुगेको थियो । मिति २०७५ मंसिर १३ गते काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलको उपस्थितिमा रोहिका नेपाल र नरेश न्यौपानेबीच २०७५ साल चैत मसान्तभित्र घर खाली गर्ने र त्यसबेलासम्मको घर भाडा वापतको रकम २१ लाख ५० हजार तिर्ने सम्झौता भएको थियो ।
तर चैत मसान्तसम्म पनि उनीहरुले भाडा तिर्नु त परको कुरा घर खाली पनि गरेनन् । न्यौपानेको घर हडपेर बसेका नेपाल दम्पत्तिले उल्टै अदालतमा मुद्दा हालेका थिए । वडा कार्यालय, काठमाडौं महानगरपालिका हुँदै अदालत पुगेको उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०७७ माघ २० गते बाँकी बक्यौता चुक्ता गरी घर खाली गर्न आदेश दिएको थियो । त्यसअघि २०७६ मंसिर २३ गते काठमाडौं महानगरपालिकाले नेपाल दम्पत्तिले घरभाडा नतिरेको प्रष्ट हुन आएको भन्दै प्रहरीको सहयोगमा घर खाली गरी जानकारी गराउन रोहिका नेपाल (प्रिन्सिपल-इडेन पब्लिक स्कुल) लाई पत्र काटेको थियो । तर उनीहरुले पटक–पटकको ताकेता पश्चात पनि घर खाली नगरेपछि प्रशासनको सहयोगमा आइतबार घर खाली गराइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्