लाहोर । पाकिस्तानको पञ्जाब फ्लोर मिल्स एसोसिएशनका अध्यक्ष असिम रजाले यस क्षेत्रमा चाँडै नै कमोडिटीको अभाव हुने चेतावनी दिएका छन् । निजी क्षेत्रको सेयर निकै तीव्र गतिमा घटिरहेका कारण कमोडिटी अभाव हुने उनले बताएका छन् । निजी क्षेत्रमा केही दिनका लागि मात्रै गहुँ भण्डार गरिएको छ । भण्डारमा रहेको गहुँ चाँडै बाहिर ल्याएर वितरण गरिनुपर्ने बताइएको छ । लाहोरमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गहुँ वितरण गर्नुपर्ने र अभाव हुने भएकोले त्यसको वैकल्पिक व्यवस्था गरिनुपर्नेसमेत बताएका छन् ।
रजाले गहुँको मूल्य प्रति मन २,१५० रुपैयाँ पार गरेको र २० किलो बोराको पीठोको दर १,१५० बाट बढेर १२०० रुपैयाँ पुगेको जानकारी दिएका छन् । उनले लाहोरमा गहुँको मूल्य दुई २१० रुपैयाँ प्रति मन रहेकोमा २० किलो बोराको मूल्य १,१८० रुपैयाँ थियो । इस्लामाबादमा गहुँको मूल्य दुई हजार २३० रुपैयाँ प्रति मन पुगेको उनले जानकारी दिए । कोरोना महामारीका कारण आर्थिक अवस्था निकै कमजोर भएको पाकिस्तानमा खाद्यान्न अभाव हुँदा थप संकट सिर्जना हुने भएको छ । यसअघि सिचाईं अभावका कारण पनि उत्पादनमा गिरावट आएको र गहुँ र अन्य खाद्यवस्तुको अभाव सिर्जना भएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्