×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानको पञ्जाबमा कमोडिटीको अभाव हुन सक्ने मिल्स एसोसिएशनका अध्यक्ष असिम रजाको चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पाकिस्तानको पञ्जाबमा कमोडिटीको अभाव हुन सक्ने मिल्स एसोसिएशनका अध्यक्ष असिम रजाको चेतावनी

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाहोर । पाकिस्तानको पञ्जाब फ्लोर मिल्स एसोसिएशनका अध्यक्ष असिम रजाले यस क्षेत्रमा चाँडै नै कमोडिटीको अभाव हुने चेतावनी दिएका छन् । निजी क्षेत्रको सेयर निकै तीव्र गतिमा घटिरहेका कारण कमोडिटी अभाव हुने उनले बताएका छन् । निजी क्षेत्रमा केही दिनका लागि मात्रै गहुँ भण्डार गरिएको छ । भण्डारमा रहेको गहुँ चाँडै बाहिर ल्याएर वितरण गरिनुपर्ने बताइएको छ । लाहोरमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गहुँ वितरण गर्नुपर्ने र अभाव हुने भएकोले त्यसको वैकल्पिक व्यवस्था गरिनुपर्नेसमेत बताएका छन् ।

रजाले गहुँको मूल्य प्रति मन २,१५० रुपैयाँ पार गरेको र २० किलो बोराको पीठोको दर १,१५० बाट बढेर १२०० रुपैयाँ पुगेको जानकारी दिएका छन् । उनले लाहोरमा गहुँको मूल्य दुई २१० रुपैयाँ प्रति मन रहेकोमा २० किलो बोराको मूल्य १,१८० रुपैयाँ थियो । इस्लामाबादमा गहुँको मूल्य दुई हजार २३० रुपैयाँ प्रति मन पुगेको उनले जानकारी दिए । कोरोना महामारीका कारण आर्थिक अवस्था निकै कमजोर भएको पाकिस्तानमा खाद्यान्न अभाव हुँदा थप संकट सिर्जना हुने भएको छ । यसअघि सिचाईं अभावका कारण पनि उत्पादनमा गिरावट आएको र गहुँ र अन्य खाद्यवस्तुको अभाव सिर्जना भएको जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी