×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुम्लाका स्थानीय भन्छन् : चीनले नेपाली भूमि मिचिएकै हो, पुरानो पिलर नै गायब पारिएको छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हुम्लाका स्थानीय भन्छन् : चीनले नेपाली भूमि मिचिएकै हो, पुरानो पिलर नै गायब पारिएको छ’

Artha Sarokar

७ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हुम्लाका स्थानीयवासीहरुले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेका छन् । हुम्लाका स्थानीय कोटन्व तामाङले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताएका छन् । उनले भने, ‘ नेपाली भूमी चीनले मिचेकै हो, पुरानो पिलर नै गायब पारिएको छ ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए । उनले भने, ‘चिनियाँ प्रहरी आएर हामीलाई धम्क्याउने गर्छन, हाम्रो कुरै नसुन्ने, एकलौटी रुपमा सिमानमा जे मन लायो त्यही गर्ने जस्ता क्रियाकलापले नेपाली भूमि मिचेको प्रमाणित हुन्छ ।’

त्यस्तै अर्का स्थानीयका अनुसार नेपालको भूमिमा चीनले बार लगाएको छ । ती स्थानीयले भने, ‘ नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३/४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको पनि देखिन्छ, नेपाली भूमिमा चिनियाहरुले भवन बनाएको पनि देखिन्छ ।’ त्यस्तै नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी आली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी