काठमाडौं । रु रु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको मूल्य समायोजनपछिको भाउ १२ सय ६ रुपैयाँ निर्धारण गरेको छ ।
सभाका लागि कम्पनीले आज बिहीबार असोज ७ गते बुक क्लोज गरेको छ । यसले २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा असोज १६ गते बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२६% नगद लाभांश र २०७७/७८ को नाफाबाट १०% बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहनेछ । सभा रु रुको रजिष्टर्ड कार्यालय हात्तीसारमा बिहान ११ बजे हुनेछ ।