काठमाडौं । काठमाडौंमा मुस्लिमहरुको संस्था इस्लामिक संघ नेपालले एक कार्यक्रमको आयोजना गरेको छ । संघअन्तर्गत रहेको काठमाडौं भ्याली युनिटले मुस्लिम समुदायको उपस्थितिमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दरबारमार्ग घण्टाघर नजिक रहेको उक्त इस्लामिक संघ नेपालको हलमा हुने बताइएको छ । उक्त कार्यक्रममा मुख्यरुपमा चार जना वक्ता रहेका छन् । सेराज अहमद, नुरुल होदा, आरिफ अन्सारी र अबुल कलाम वक्ताको रुपमा रहेका छन् ।
वक्ताकै रुपमा रहेका आरिफ अन्सारी भने बलात्कार आरोपमा केही समय पहिले भारतमा पक्राउ परेका थिए । उनी केही समय बलात्कार मुद्दामा जेलमा समेत बसेका थिए । अन्सारीले हैदराबादको एक ईन्जिनियरिङ्ग कजलेमा पढ्ने केटी साथीलाई बलात्कार गरेका थिए । उनले विभिन्न धम्की दिँदै एक वर्षसम्म ती केटी साथीको बलात्कार गर्दै आइरहेका थिए । भारतीय प्रहरीले गुरु नानक ईन्जिनियरिङ्ग कलेज, इब्राहिमपट्टनमका २० वर्षीया छात्राको उजुरीको आधारमा अन्सारीमाथि कारबाही गरेको थियो, ती केटी साथीले कलेजका तेस्रो बर्षका विद्यार्थी अन्सारीमाथि एक बर्षदेखि यौन शोषण गरिरहेको आरोप लगाएकी थिइन् । अन्सारीलाई भारतीय प्रहरीले सन् २०१८ डिसम्बर १४ तरेखमा पक्राउ गरेको थियो । र अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाएको थियो ।
अनुसन्धानपछि भारतीय प्रहरीले भनेको थियो, ‘अन्सारीले उनीसँग कुरा गर्न बन्द गरेपछि अरुसँग उनको निजी फोटो साझा गर्ने धम्की दिएर उनलाई ब्ल्याकमेल गर्दै यौन शोषण गरिरहेका थिए । प्रहरीले थप्दै भन्यो, ‘सन् २०१७ मा पीडितसँग मित्रता गरेपछि अन्सारीले उनलाई इब्राहिमपट्टनमको कोठामा लगेर बलात्कार गर्न थाले । त्यसयता उनले उनको यौन शोषण जारी राखे । जबदेखि ती केटी साथीले उनलाई टाढा राख्न थालिन्, अन्सारीको उत्पीडन बढ्यो । अन्सारीले ती केटी साथीलाई ब्ल्याकमेल गर्दै आइरहेका थिए र ती केटी अन्सारीको यौन शोषण सहन नसकेर प्रहरीलाई सम्पर्क गरेकी थिइन् । अन्सारीको बलात्कार मुद्दा अहिले पनि हैदराबादको एक अदालतमा चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्