नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा भारतको भूमिका र बृहत दृष्टिकोण प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताउँदै प्रजातन्त्रतले डेलिभर गर्ने काम गरिरहेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको ७६औं महासभामा २१ मिनेट बोलेका प्रधानमन्त्री मोदीको सन् २०१४ पछिको यो चौथो सम्बोधन हो । प्रधानमन्त्री मोदीले इण्डो प्यासिफिक क्षेत्रमा चीको बढ्दो प्रभाव र चीनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई अवमूल्यन गरेकासमेत बताएका छन् । विश्व बैंकलाई चीनले म्यानुपुलेट गरेकोसमेत उनले बताएका हु्न् ।
विश्वले अहिले अतिवादी र बदलावको सोचबाट ग्रस्त भएको उल्लेख गर्दै विश्व समुदायले अफगानिस्तानलाई कसैले पनि कसैविरुद्ध प्रयोग गर्न नहुने सुनिश्चितता गरिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्ने कुराको सुनिश्चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन् । आफ्नो सम्बोधनका सुरुमा प्रधानमन्त्री मोदीले भने, ‘गत डेढ वर्षदेखि पूरा विश्व पछिल्लो सय वर्षयताकै सबैभन्दा ठूलो महामारीको सामना गरिरहेको छ। यस्तो भयंकर महामारीमा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ।’ उनले प्रजातान्त्र विविधताका लागि भएको उल्लेख गर्दै भारतमा विविधता भएको बताए ।
उनले थपे, ‘म त्यो देशको प्रतिनिधित्व गरिरहेको छु,’ जसलाई मदर अफ डेमोक्रसीको गौरवको प्रतिकको रुपमा मानिन्छ । जहाँ लोकतान्त्रिक परम्मपराको एक हजार वर्षभन्दा पुरानो इतिहास छ । १५ अगस्तमा भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ । हाम्रो विविधता, हाम्रो सशक्त लोकतन्त्रको पहिचान छ । जहाँ दर्जनौं भाषा छन् भने सयौं बोलिको लवज छ । रहनसहन, खानपानमा विविधता छ भने भाइब्रेन्ट डेमोक्रेसीको उदाहरण हो ।’ उनले सबैभन्दा लामो समयसम्म गुजरातको मुख्यमन्त्री र पछिल्लो सात वर्षदेखि भारतको प्रधानमन्त्रीको रुपमा भारतीय जनताले आफूलाई सेवा गर्ने अवसर दिएको बताएका छन् ।
भारतीयको प्रगतिले विश्वको विकासमा योगदान गरिरहेको पनि उनले बताएका छन् । उनले भने, ‘आज विश्वको हरेक छैटौं व्यक्ति भारतीय छ । जब भारतीयको प्रगति हुन्छ, तब विश्वको विकासले पनि गति लिन्छ । जब भारत सुध्रिन्छ, तब विश्व पनि सुध्रिने छ ।’ मानवताप्रति आफ्नो दायित्वलाई पूरा गर्न भारतले विश्वभरका आवश्यकता महसुस गरेका मुलुकहरुमा फेरि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि उनले बताएका छन् । उनले खोप उत्पादकहरुलाई भारतमा आएर उत्पादन गर्न पनि आमन्त्रण गरेका छन् ।
प्रतिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिरहेको पनि बताएका छन् । उनले भने, ‘जुन मुलुकले आतंकवादाई राजनीतिक हतियार बनाएका छन्, ती मुलुकमा खतरा पनि त्यति नै ठूलो हुनेछ । अफगानिस्तानको माटोको प्रयोग आतंकवादी हमलाका लागि नभएको सुनिश्चित गरिनुपर्छ ।’ उनले समुद्रहरु पनि साझा विरासत भएकोले समुद्री संसाधनको पनि सही प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रा समुद्रहरु अन्तर्राष्ट्रिय व्यापारको जीवन रेखा हुन् । हामीलाई यिनलाई अलग गर्नेको दौडमा भन्दा पनि बचाएर राख्नुपर्छ । नियममा आधारित विश्व अर्डरलाई बलियो बनाउनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्