×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित आफ्नो राजदूतलाई चेतावनी पत्र पटाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित राजदूत डा। असद मजेद खानलाई एक पत्र पठाउँदै आवश्यक कूटनीतिक रणनीतिहरुमार्फत अमेरिकासँग सम्बन्ध सुधार गर्न चेतावनी दिइएको हो ।

पत्रमा पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबीच कूटनीतिक सञ्चारका लागि आवश्यक वातावरण मिलाउन दूतावास असफल भएको बताइएको छ । अफगानिस्तानको युद्धग्रस्त अवस्थालाई सुधार गर्न पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेलेभए पनि अमेरिकाले पाकिस्तानी नेतृत्वप्रति हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको पनि बताइएको छ । यसका लागि दूतावासको कमजोरी नै जिम्मेवार भएक ठहर गरिएको छ ।

यस्ता घटनाले वाशिङ्टनमा पाकिस्तानी कूटनीति कमजोर रहेको र त्यसको परिणाम ह्वाइटहाउसको पाकिस्तानप्रतिको दृष्टिकोण पनि अपरिपक्व भएको बताइएको छ । विदेश मन्त्रालयले पाकिस्तानका सम्पूर्ण कूटनीतिक मञ्चहरुको प्रयोग गरेर वाशिङ्टनसँगको सम्बन्ध सुधारका लागि पहल गर्ने निर्देशन दिएको हो । अमेरिकाले अफगानिस्तानमा तालिबानलाई पाकिस्तानले सहयोग गरेको आरोप लगाइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी