इस्लामावाद । पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित आफ्नो राजदूतलाई चेतावनी पत्र पटाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित राजदूत डा। असद मजेद खानलाई एक पत्र पठाउँदै आवश्यक कूटनीतिक रणनीतिहरुमार्फत अमेरिकासँग सम्बन्ध सुधार गर्न चेतावनी दिइएको हो ।
पत्रमा पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबीच कूटनीतिक सञ्चारका लागि आवश्यक वातावरण मिलाउन दूतावास असफल भएको बताइएको छ । अफगानिस्तानको युद्धग्रस्त अवस्थालाई सुधार गर्न पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेलेभए पनि अमेरिकाले पाकिस्तानी नेतृत्वप्रति हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको पनि बताइएको छ । यसका लागि दूतावासको कमजोरी नै जिम्मेवार भएक ठहर गरिएको छ ।
यस्ता घटनाले वाशिङ्टनमा पाकिस्तानी कूटनीति कमजोर रहेको र त्यसको परिणाम ह्वाइटहाउसको पाकिस्तानप्रतिको दृष्टिकोण पनि अपरिपक्व भएको बताइएको छ । विदेश मन्त्रालयले पाकिस्तानका सम्पूर्ण कूटनीतिक मञ्चहरुको प्रयोग गरेर वाशिङ्टनसँगको सम्बन्ध सुधारका लागि पहल गर्ने निर्देशन दिएको हो । अमेरिकाले अफगानिस्तानमा तालिबानलाई पाकिस्तानले सहयोग गरेको आरोप लगाइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्