काठमाडौं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ । त्यसैगरी अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना समक्ष अभियानले नेपालस्थित रहेको बंगलादेश राजदूतावास मार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दु समुदायको सुरक्षाको माग गरेको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएको हो ।
बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, ‘ बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्याएको छ, बंगलादेशमा हिन्दु जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ, बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ, कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ र त्यहाँका मूर्तिहरु तोडफोड भएको छ । राजधानी ढाकामा सयौं मानिसहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् । चार दिनदेखि देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दू मन्दिरको तल राखिएको तस्बिर भाइरल भएलग्तै दङा भड्किएको थियो। दङामा हिन्दुहरुमाथि हमला गरिएको छ । हालसम्म अधिकांश हिन्दु धार्मिक स्थलहरुमा हमला भएको छ, बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन् । हिंसा अक्टोबर १५ देखी सुरु भएको थियो, जब सयौं मुसलमानहरुले हिन्दु देवताको घुँडामा कुरान राखिएको तस्बीर देखे तब दक्षिण पूर्वी नोआखली जिल्लामा उनीहरुले विरोध गरे त्यतिखेर हिन्दुहरुको महान चाड दशैं चलिरहेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्