- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले माघी पर्वमा माइतीमा कोसेली बोकेर जाँदै गरेका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु महिलादेखी पुराना,च्यातिएका थोत्रा कपडा मेसिनमा पेलेर बनाइएको कपासबाट रसुवामा डस्ना बनाइँदै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
माघी पर्वमा माइतीमा कोसेली बोकेर जाँदै गरेका शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु महिला । थारु समुदायले माघी पर्वलाई धुमधामसँग मनाउने गर्दछन ।
पुराना,च्यातिएका थोत्रा कपडा मेसिनमा पेलेर बनाइएको कपासबाट रसुवामा डस्ना बनाइँदै । पुरानो कपडा पेलेर कपास निकाल्ने मेशिन रसुवाको गाउँघरमा पुगेपछि यहाँका स्थानीयले थोत्रा कपडा डस्ना बनाउन सङ्कलन गरी राख्न थालेका छन् ।
थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा सहभागी थारु युवती ।
पोखरा– ९ शान्तिवन मार्गमा गोर्खाबाट ल्याइएको तरुल र सखरखण्ड गाडीबाट बिक्री गर्दै ब्यापारी ।
बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा खच्चडमार्फत खाद्यन्न ढुवानी गरिँदै । गाउँगाउँमा सडक पुगेपछि खच्चडको प्रयोग घट्दो छ ।
छैटौ राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहँुले बिहीबार दमौलीस्थित खुला मैदानमा गरेको शिविरमा योग गर्दै सर्वसाधारण । शिविर एक सातासम्म सञ्चालन हुनेछ ।
लमजुङ मध्यनेपाल नगरपालिका– १० मा रहेको ठाडो भाका गीतका सर्जक स्व देउबहादुर दुरा सङ्ग्रहालय । परम्परागत शैलीमा रहेको गोलो आकारमा रहेको यस सङ्ग्रहालयमा दुरा जातियको जन्मदेखि मृत्यु सम्ममा प्रयोग हुने संस्कार संस्कृतिका सामग्री उक्त दुराले प्रयोग गरेका विभिन्न सामग्रीलगायत देख्न पाइन्छ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँस्थित अरुन बिकले आफ्नो आरानमा निर्माण गरी बिक्रीका लागि राखेका औ
माघेसङ्क्रान्ति पर्वको अवसरमा बिहीबार तनहुँको दमौलीस्थित मादीसेती नदीमा स्नान गर्दै भक्तजन ।
परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा तीनदिने भारत भ्रमण जाने क्रममा ।
थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा आफ्नै भेषभूषामा सजिएर सहभागी भएका थारु युवती ।
थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रमस्थलमा बिक्रीका लागि राखिएका खानेकुराका परिकार व्यवस्थापन गर्दै युवती ।
काठमाडौँको भृृकुुटीमण्डपस्थित फनपार्कमा बिहीबार खेलमा रमाउँदै बालबालिका । कोभिड–१९ को बीच स्वास्थ्य मापदण्ड अपनाएर पार्क खुुलेको छ ।
माघेसङ्क्रान्तिका अवसरमा आफ्नै भेषभूषामा सजिएकी युवती काठमाडौँको भृृकुुटीमण्डपस्थित फनपार्कमा तस्बिर खिँचाउँदै ।