×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीन पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा

Artha Sarokar

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानमो खैबर पख्तुनख्वा प्रान्तमा रहेको केही प्रभावशाली व्यक्तिहरुले चीन पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा गरेका छन् । स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईका अनुसार खर्बौ रकम बराबरको हजारौं क्यानल जमिन अवैधरुपमा कब्जा गरिएको छ । द न्युज इन्टरनेशनलका अनुसार खैबर पख्तुनख्वा प्रान्तको भ्रष्टाचारविरोधी संस्था (एसीई)ले उक्त सीपीईसीको हजारौं क्यानल जमिनमा अवैध कब्जा भएको खुलासा गरेको हो ।

एसीईका सहयाक निर्देशक नासिर अलिले उक्त जमिन कब्जा गरेर अवैधरुपमा नै भौतिक संरचनाहरु बनाएको, विभिन्न आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको छ । सरकारले उक्त क्षेत्रलाई यसअघि नै रशाकाई विशेष आर्थिक क्षेत्र घोषणा गरेको भए पनि उक्त जमिन कब्जा गरेर आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको हो । एसीईले उक्त क्षेत्रको अनुगमनका क्रममा जमिन कब्जा गरेर बिक्रीवितरणसमेत सुरु गरिएको पाइएको छ । उक्त जमिनमा रेस्टुरेन्ट र फार्महाउसहरु पनि सञ्चालन गरिएका छन् । उक्त बस्ती पुरानोजस्तो र सहरीकरण भएकोजस्तो आभास हुने किसिमले बस्ती बसीरहेकोसमेत उनले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी