![](https://arthasarokar.com/wp-content/uploads/2021/01/2-219.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै गरेका उपभोक्तादेखि देशभर घटेका घटनाहरुसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/1-31.jpg)
भोली परेको माघेसङ्क्रान्ति पर्वमा खान काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/8-17.jpg)
झापाको बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा भाक्का दिवसका अवसरमा निः शुल्क भाक्का वितरण गर्दै महिला । पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रुपमा मनाउने गरेका छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/5-19.jpg)
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङ्गटारमा बुधबार दिउँसो दुर्घटना भएको बा १६ च ४१५४ नम्बरको कुखुरा बोक्ने गाडी । काठमाडौँबाट मुग्लिनतर्फ जादैँ गर्दा अनियन्त्रित भई सडकको बीच भागमा पल्टिदाँ चालक सामान्य घाइते भएका छन् । अहिले सडक एकतर्फी मात्र सुचारु छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/10-13.jpg)
काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/9-14.jpg)
माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु,तरुल,पिडालुलगायत परिकार खाने गरिन्छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/7-18.jpg)
तोरी र गहुँबालीले रमणीय देखिएको बागलुङ नगरपालिका–६, भान्सा गाउँ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/6-16.jpg)
अन्नपूर्ण गाउँपालिका–१ स्थित नौडाँडाका महिला माघेसङ्क्रान्तिका लागि सखरखन्ड किन्दै ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/4-18.jpg)
जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रममा सनातन धर्म माविमा सहभागी विद्यार्थी शिक्षकहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमका बारेमा जानकारी गराइँदै ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/3-21.jpg)
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तामाघाटस्थित लगाएको आलु खेतीमा लाग्ने रोगबाट बचाउन किटनाशक औषधि छर्कदै किसान । पाँचखाल आलु खेतीका लागि प्रख्यात छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/2-220.jpg)
इलामको उच्च पहाडी सन्दकपुरमा भेंडा धपाउँदै गोठाला । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेंडाको बथानसँगै गोठालाहरु औल क्षेत्रमा झर्ने गरेका छन् । भेडागोठहरु मङ्सिरबाट औल क्षेत्रमा झारेर पुस, माघ र फागुन महिनाको अन्त्यबाट हिमाली क्षेत्रको चरन क्षेत्रमा पुग्ने गरेका छन् ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/1-32.jpg)