काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
कम्पनीको माघ तीन गते (सोमबार)विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
साथै आगामी साधारणसभाबाट एवं बीमा समितिको स्वीकृति पारित भएपश्चात प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्