Skip to content
LAXMI SUNRISE BANK

१३.९० प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको खुद नाफा, खुद बिमा शुल्क आर्जन २२ करोड ७७ लाख रुपैयाँ (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको खुद नाफा १३.९०% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै  खुद नाफा १३.९०% ले बढेर ४ करोड ६३ लाख रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ९.१४% ले बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यसै अवधिमा यस कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता बिमा कोषको आकार भने ६३.६०% ले बढेर १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ४० पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK